
असार २५,
डाेल्पा : समाज जागरण केन्द्र (स्याक नेपाल) सुर्खेतले डाेल्पा जिल्लाका विभिन्न स्थानमा निर्माणकार्य सुरु गरेकाे शाैचालयहरु अलपत्र परेका छन। त्रिपुरासुन्दरी नगरपालिकाकाे मष्टा आवि ल्हाँ, मुकुटेश्वर मावि फुल्चिङ्ग, प्रकाश आवि रंग, बलभद्र आवि रसी लगाएतका स्थानमा निर्माणाधीन अवस्थामा रहेका शाैचालय अलपत्र परेका छन। निर्माणाधीन अवस्थामा रहेका शाैचालयहरु अलपत्र हुला बालबालिकालाई समस्या भएको छ।
सन २०२४ नाेभेम्वर देखि डाेल्पाकाे ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका भित्रका सामुदायिक विधालयहरुमा प्लान इन्टरनेशनल नेपालकाे सहयाेगमा किशोरी सशक्तीकरण परियोजना अन्तरगत समाज जागरण केन्द्र (SAC) नेपालले विभिन्न क्रियाकलाप गर्दै आएकाे थियाे।
स्राेतका अनुसार सन २०२७ सम्म परियोजना संचालन गर्ने समय सिमा भएता पनि स्याक नेपालकाे कार्यक्रम संचालनमा चित्त नबुझेपछि सहयाेगी निकायले बिचमै सम्झौता ताेडेकाे बुझिएको छ। स्याक नेपालले डाेल्पाका ठुलीभेरी र त्रिपुरासुन्दरीका शैक्षिक संस्था र स्वास्थ्य संस्थामा किशोरी सशक्तीकरणका कार्यक्रम राम्रै रुपमा संचालन गर्दै आएकाे थियाे। पछिल्लो समयमा संचालित अफिसियल क्रियाकलाप चित्त बुझ्दाे नभएकाे र केही कार्यक्रममा घाेटाला भएकाे पाएपछि प्लानले स्याक संग सम्झौता ताेडेकाे हाे।

त्रिपुरासुन्दरी नगरपालिका-६ को फुल्चिङ् मा अलपत्र अवस्थामा रहेको सौचालय ।
एक्कासी सहयाेगी निकायले हात झिकेपछि स्याक नेपालद्वारा डाेल्पाकाे ठुलीभेरी र त्रिपुरासुन्दरीका शिक्षा, स्वास्थ्य र समुदाय स्तरमा संचालित क्रियाकलापहरु अलपत्र परेका छन। उक्त परियोजना स्याक नेपाल बाहेक अन्य कुनै संस्थाले जिम्मेवारी लिएर विगतमा अधुरा रहेका क्रियाकलाप पुन संचालन गर्ने तयारी रहेकाे बुझिए पनि नयाँ संस्थाले नयाँ तरिकाले काम गर्न खाेजे यी सबै अलपत्र पर्ने स्थानीयहरु बताउँछन् ।
प्रधान कार्यालय सुर्खेत रहेकाे स्याक नेपालले सदरमुकाम दुनै बजारमा परियोजना कार्यालय स्थापना गरेर काम गर्दै आएकाे थियाे । तर काम गर्ने स्थान एक छ, कर्मचारी भर्ना देखि सबै व्यवस्थापन सुर्खेतबाट क्रियाकलाप गर्नाले पनि भनेकाे जस्तो नतिजा पाउन नसकेको स्थानीय जानकार बताउँछन् । यस बिषयमा थप विवरण बुझ्न खाेज्दा स्याक नेपालकाे टाेल फ्रि नम्बर 1660-83-52002 मा कल गर्दा अफ रहेकाे थियाे।