
असार २२,
जगदुल्ला डोल्पा : जगदुल्ला हाईड्रोपावरले बाढि पिडीतलाइ लाखौँको राहत हस्तानतरण गरेको छ । जगदुल्ला गाउँपालिकाका बाढि पिडीतलाइ हाईड्रोपावरले १ लाख ७० हजार रकम बराबरको खाधन्न तथा दैनिक उपभोग्य सामाग्री हस्तानतरण गरेको हो । बाढि पिडीत परिवारलाई ३४ बोरा चामल,१ सय २ पोका खाने तेल र ३४ पेटी चाउचाउ गरेर नगद १ लाख ७० हजार बराबरको राहत प्रदान गरेको जगदुल्ला हाईड्रोपावर कम्पनीका प्राबिधिक रामचन्द्र बस्नेत भाष्करले जानकारी दिए ।

आइतवार राती जगदुल्ला गाउँपालिका वडा नम्बर ५ को गैरी गाउँमा बाढिले ठुलो जनधनको क्षेति गरेको थियो । बाढि पिडीतहरुलाइ तत्कालको लागी बिभिन्न क्षेत्रवाट राहत प्रदान गर्ने कार्य तिव्र भई रहेको छ । जगदुल्ला हाईड्रोपावर कम्पनीका साथै नेपाल बैङ्क जगदुल्ला शाखा र जिल्ला बिपद कमाण्ड फोर्सले समेत आवाश्यक खाधन्न लत्ता कपडा र त्रिपाल जस्ता सामाग्रहीहरु राहत बितरण गरेको छ । यसका साथै गाउँपालिकाले भने आईवार दिउसो नै पिडीतलाइ सुरक्षित वासमा सार्नुका साथै तत्काल चुलो वाल्न नगद राहत समेत प्रदान गरेको छ ।
