ईन्टरनेट अबरुद्ध हुदा छार्कामा भुक्तानीमा कठिनाई

जैतुन अनलाइन | २०८३ असार २२ गते सोमवार

असार २२,

डोल्पा : आर्थिक बर्ष सकिन केहि दिन मात्रै बाँकी रदा  डोल्पाको एक स्थानीय तहमा भने भुक्तानीमा समस्या आएको छ । डोल्पाको छार्का ताङसोङ गाउँपालिकामा भने ईन्टरनेटमा समस्या आएपछि भुक्तानीका लागी डाँडा पुग्नु परेको कर्मचारीको दुखेसो छ । नेपाल टेलीकमको ईन्टरनेट अबरुद्ध भएपछि पालिकावाट भुक्तानी हुने योजनाको काम गर्न अरु नै टावरको बिकल्प लिनुपरेको छार्का ताङसोङ गाउँपालिकाका लेखापाल रामकृष्ण बुढाले जानकारी दिए ।

बुढाले भने कागकोटमा रहेको नेपाल टेलीकमको टावरले काम गर्दैन छार्कातिरको टावर देखिने ठाँउ गएर लेखा सफ्टवयरको ओटिपी लिएर काम गर्नुपर्ने बाध्यता छ । सिष्टम बन्द हुन केहि दिन मात्रै बाँकी छ तर ईन्टरनेटको सेवा भने भरपर्दो छैन निकै दुखका बिच काम गरेका छौ तर यहि सेवा पनि बन्द भएमा बजेट फृज जाने सम्भाबना रहेको बुढाले सुनाए ।

यता दुरसञ्चार कार्यालय डोल्पामा प्रमुख दयाबिक्रम केसीलाइ समस्या बारे बुझदा त्यताको मात्रै नभएर डोल्पाका धेरै टावरमा पावरको कारण समस्या रहेको बताए । उनले भने हामीले प्रदेश र केन्द्रमा गुनासो राखेका छौ जिल्लामा जनशक्ति कम छ कसरी समाधान गर्ने भन्ने बारे अनुरोध नि गरेका छौ । दुनै एकको टावर हुदै काइकेमा रहेको टावरले छार्का ताङसोङ गाउँपालिकाको कागकोटमा काम गर्ने हो तर काईके कै टावरमा पावरको समस्या छ कार्यालय प्रमुख केसिले जानकारी दिए ।

सदरमुकाम दुनै सहित जुफाल त्रिपुराकोट क्षेत्रमा समेत सेवा दिदै आएको नेपाल टेलीकमको एनटिफाइवर बारम्बार समस्या आउने गरेको छ । फाईवरमा समस्या आउदा आर्थिक बर्षको अन्तिममा भने ठुलो समस्यामा सरकारी निकाय पर्ने  गरेको छ । रुकुमपश्चिम र जाजरकोट क्षेत्रमा फाईवर काटिने गरेकले लामो समयदेखी बिभिन्न समयमा डोल्पाले ईन्टरनेट र फोनमा समस्या खेप्दै आउनु परेको हो ।