
असार २१,
जगदुल्ला डोल्पा : बाढि पहिरो पिडितलाइ गाउँपालिकाले नगद राहात बितरण गरेको छ । जगदुल्ला गाउँपालिका वडा नं. ५ मा पर्ने गैरीगाउँ खाेलामा आएकाे बाढी पहिराेबाट पिडितलाइ नगद राहात सहित आवास व्यवस्थापन गरेको छ । बाढिका कारण बिपतमा परेका २१ घर परिवारलाई नगद राहात प्रदान गरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाका अनुसार घरमा सामान्य क्षति भएका १९ घर परिवारलाई १० हजार नगद, पूर्ण रुपमा घरमा क्षेति भएका ८ घर परिवारलाई ३०हजार र मृतक १ घरपारिवारलाई कृया खर्च स्वरुप ५० हजार नगदै हस्तान्त्रण गरेको बताए ।

गाउँपालिकाको बिपद व्यवस्थापन उप समितिको प्रतिबेदन अनुसार बाढि र पहिरोवाट क्षेति पुगेका घर परिवारलाई नगद राहात प्रदान गरिएको हो । गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष कालि बहादुर बुढाको अध्यक्षतामा बिपदव्यवस्थापन उपसमिति गठन गरि तत्काल क्षेतिको विवरण निकाले राहातका साथै सुरक्षित आवासमा नागरिकलाइ राखिएको गाउँपालिकाका प्रशासकिय अधिकृत केशवराज जैशिले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर ६ का अध्यक्षको संयोजकत्वमा वडा नम्बर ३ र ५ का अध्यक्ष र प्रशासकिय अधिकृतको समितिले पालिकामा हुने कुनै पनि बिपतका घटनाको तत्काल अनुगमन गरी तयार पारेको प्रतिबेदनका आधारमा पिडितले राहात पाउनेछन । बाढि पहिरोको कारण कति क्षति भयो भन्ने यकिन हुन नसकेको र तत्काल पिडितको पहिचान गरेर राहात बितरण गरेको जैशिले बताए । उनले भने हामीले तयार पारेको प्रतिबेदनमा केहि घर परिवार अझै छुटेका छन भोली नै ति घरपरिवारले पनि पालिकावाट पाउने राहात पाउनेछन पालिकाले घटना घटेको केहि घण्टा मै नागरिकलाइ राहत र सुरक्षित स्थानान्तरण गरि सकेकाछौ ।

आइतबार बिहान करिब साढे १ बजे तिर सुतिरहेको अवस्था गैरीगाउँ खाेलामा आएकाे बाढीपहिरोले बितण्डा नै गरेपछि बिचल्लीमा परेका नागरिकलाइ सोमवार नै सुरक्षित स्थानमा राखिएको छ । नेपाली सेना,नेपाल प्रहरी,शसस्त्र प्रहरी,जनप्रतिनिधि,कर्मचारी र स्थानीयको संयुक्त उद्धारवाट बाढि पिडितले सुरक्षित स्थानमा वास बस्न पाएका हुन । पालिकाले तत्लकाल दैनिकी चलाउन राहात कोषवाट नगद प्रदान गरेको र आफन्त र कुरा मिल्ने अन्य परिवारसंग सुरक्षित वासको लागी सारिएको बिपत व्यवस्थापन उप समितिका संयोजक काली बहादुर बुढाले बताए । बुढाले भने हामीले बाहिर पाल राखेर राख्न सक्ने अवस्था भएन अनि गाउँमै आफन्त र परिवारसँग मिलाएर राखेका छौ ।

बाढिका कारण अवरुद्ध गाउँपालिका भित्रको सड्क सुचारु भएको छ भने फेरी पनि राति बर्षापछि बाढि पहिरोको जोखिह हुन सक्ने भएकोले सुरक्षित स्थानमा सर्न र होसियार रहन पालिकाका नागरिकलाइ आग्रह गरेको गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए । अध्यक्ष रोकायाले भने हामीले पालिकावाट हुने र क्षमताले सक्ने सवै कुरा छिटोभन्दा छिटो पिडितले पाउने गरी सेवा प्रदान गरेका छौ तर यो बिपत्तिमा पिडितलाई सवैले सहयोग गरे सहज हुनेछ । बाढि गाउँमा पसेर बितण्डा गरेदेखी नै आफु घटना स्थलमै रहेको र अहोरात्र सकेको सहयोग जनतासँगै गरेको अध्यक्ष रोकायाले सुनाए । उनले भने यो बिपतमा सहयोग गर्ने सवैप्रति पालिका धन्यवाद प्रकट गर्दछ ।