जगदुल्ला जलविद्युत्आयोजना कर्णालीको आर्थिक रूपान्तरणको आधार हो : मन्त्री श्रेष्ठ

जैतुन अनलाइन | २०८३ असार १८ गते बिहिवार

असार १८,

डोल्पा : संघिय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ बिहिवार डोल्पा पुगेका हुन । डोल्पामा निर्माणाधिन  १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाकाे अनुगमनमा मन्त्री श्रेष्ठ डोल्पामा आएका हुन । मन्त्री श्रेष्ठले जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजना  निर्माण सम्पन्न भएपछि कर्णाली प्रदेशको आर्थिक रुपान्तरण तथा सामाजिक विकासमा ऐतिहासिक परिवर्तन आउने बताएका छन्।

 डोल्पाको मुड्केचुला गाउँपालिलका र जगदुल्ला गाउँपालिकाको क्षेत्रमा निर्माणाधीन आयोजनास्थलको स्थलगत अनुगमन गर्दै मन्त्री श्रेष्ठले जगदुल्ला आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको आर्थिक रुपान्तरणको एक महत्वपूर्ण आयोजना  बन्ने विश्वास व्यक्त गरे।

मन्त्री श्रष्ठले भने जलस्रोतको धनि नेपाल त्यसमा पनि डोल्पामा राष्ट्रिय गौरवकै आयोजना निर्माणको गति राम्रो देखियो यति यो “जगदुल्ला जलविद्युत् आयोजना सम्पन्न भएपछि कर्णालीको विकासमा ठूलो फड्को लाग्नेछ। यो आयोजना डोल्पाको मात्र होइन, समग्र कर्णालीको आर्थिक तथा सामाजिक रूपान्तरणको आधार बन्नेछ।”

उनका अनुसार आयोजनाले विद्युत् उत्पादनसँगै स्थानीय कृषि तथा अन्य उत्पादनले सहज बजार पाउने, रोजगारीका अवसर उल्लेखनीय रूपमा वृद्धि हुने तथा मुड्केचुला गाउँपालिकासहित आसपासका बासिन्दाको जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पुग्नेछ। साथै, कर्णालीलाई ऊर्जा क्षेत्रमा दिगो, भरपर्दो र आत्मनिर्भर बनाउन पनि यस आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताए । सरकारले कर्णाली प्रदेशका रणनीतिक विकास आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै विकासलाई तीव्रता दिन संघ, प्रदेश, स्थानीय सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको समेत दावी गरे ।

‘पहिला हरि दाइलाई दौडाऔँ, त्यसपछि पर्यटकको दौड सुरु हुन्छ’ : मन्त्री श्रेष्ठ

बिहिवार जगदुल्ला गाउँपालिकामा निर्माण सम्पन्न भएका कार्यालय तथा आवास भवन उद्धघाटन पछि  डोल्पाको प्राकृतिक सौन्दर्य र पर्यटनको अथाह सम्भावनाको चर्चा गर्दै मन्त्री श्रेष्ठले कर्णालीका चर्चित अल्ट्रा धावक हरि रोक्कालाई समेत स्मरण गरे। उनले हाँस्दै भने, “पहिला हरि दाइलाई दौडाऔँ, त्यसपछि पर्यटकको दौड आफैँ सुरु हुन्छ।” चानचुने गाडीले भेट्दैन हरी दाईलाइ उहाँले एक पटक दौडे मात्रै पर्यटक दौडिन कुनै समय कुर्नु पर्दैन मन्त्री श्रेष्ठले थपे ।

मन्त्री श्रेष्ठले हरि रोक्काले अन्तर्राष्ट्रिय स्तरमा कर्णालीको पहिचान स्थापित गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै जगदुल्ला जलविद्युत् आयोजना, सडक सञ्जाल र अन्य पूर्वाधार विकाससँगै डोल्पामा पर्यटनको आगमन उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्राकृतिक सम्पदा, हिमाली संस्कृति र साहसिक पर्यटनको सम्भावनालाई पूर्वाधारसँग जोड्न सके डोल्पा तथा समग्र कर्णाली नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन सक्छ।

डोल्पा भ्रमणका क्रममा मन्त्री श्रेष्ठले जगदुल्ला जलविद्युत् आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका कार्यालय भवन, आवास भवन तथा पहुँचमार्गमा निर्माण गरिएको बेलिब्रिज,ड्यामसाईट र मुड्केचुला गाउँपालिका ४ ईलमा रहेको पावरहाउस क्षेत्रका साथै सुरुङ्गको अनुमनका साथै नरिवल फोडेर शुभारम्भ समेत गरेका छन्। उनी  हेलि एभरेष्टमा  डोल्पा पुगेका थिए। बेलीबृजको उद्धघाटन वडा अध्यक्ष र कार्यालय तथा आवास भवनको रिवन काटेर जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले गरे भने मन्त्री श्रेष्टले नरिवल फोडेर शुभारम्भ गरेका थिए । जगदुल्ला गाउँपालिकाको काईगाउँमा स्थानीय तथा पालिकाका जनप्रतिनिधि र हाईड्रोका कर्मचारीले स्वागन गरेका थिए भने काठमाण्डौ वाट हेलीकप्टरमा आएका मन्त्री श्रेष्ट बिहिवार नै सुर्खेत फर्किएका छन ।