मु्ड्केचुला गाउँपालिकाले ल्यायो आगामी आर्थिक बर्षको बजेट ४० करोड भन्दा धेरै

जैतुन अनलाइन | २०८३ असार १५ गते सोमवार

असार १५,

नर्कु डोल्पा : मु्ड्केचुला गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट पारित गरेको छ । कलु ४० करोड ४० लाख ४० हजार ४सय ४० रुपैया बराबरको बजेट सोमवार प्रस्तुत गरेको हो । गाउँपालिकाकाको १९ औँ अधिबेशनमा गाउँपालिका उपाध्यक्ष दुदा रोकायाले पेश गरेको बजेट गाउँसभाले पारित गरको हो ।

शिक्षा,स्वास्थ्य,पूर्वाधार र शुसानमा बिषेश प्राथमिकता राखेर आगामी आर्थिक बर्ष २०८३/०८४ को बजेट तयार रहेको मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहीले भने हामी दोस्रो कार्यकालको अन्तिम बर्षमा छौ बजेट निर्माणमा कुनैपनि क्षेत्र बस्तिहरुमा भेदभाव गरेका छैनौ समान र आवास्यक्ताका आधारमा बजेट बिनियोजन भएको छ । पालिकाको केहि प्राबिधिक कारणले मुड्केचुला गाउँपालिकाले १० गते बजेट पेश गर्न समस्या भएर १५ गते पेश गरी पारित गरेको हो ।