डोल्पोबुद्ध उँपालिकाले आगामी आर्थिक वर्षको बजेट लागि ३३ करोड २० लाख

जैतुन अनलाइन | २०८३ असार १० गते बुधवार

कागकोट डोल्पा : डोल्पोबुद्ध उँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३३ करोड २० लाख बराबरको बजेट प्रस्तुत गरेको छ। गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ्गले पेश गरेको  कुल बजेटको चालु तर्फ १६ करोड ९७ लाख ६६ हजार र पुजीगत तर्फ १६ करोड २२ लाख ८६ हजार गरी जम्मा ३३ करोड २० लाख  बजेट पेश गरी गाउँ कार्यपालिकाले पास गरेको हो ।

डोल्पोबुद्ध गाउँपालिकाको १९औँ  अधिवेशनमा पेश भएको बजेटले शिक्षा,स्वस्थ्य,पूर्वाधारमा बिषेश प्राथमिकता पाएको उपाध्यक्ष गुरुङ्गले जानकारी दिए  । उनका अनुसार  बजेटले रोजगारमैत्री कार्यक्रममार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य लिनुका साथै गाउँपालिकाभित्र रहेका प्रशस्त पर्यटकीय गन्तव्यहरूको पहिचान, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा बिषेश जोड दिइएकाे छ ।


अब म आ. व. २०८३/०८४ को बजेटका योजना तथा कार्यक्रममा गुणस्तरीय तथा दीगो भौतिक पूर्वाधार विकासमा जोड,आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको सवलीकरण तथा सुदृढीकरण,सामाजिक क्षेत्रको विकास तथा सामाजिक सुरक्षा र रोजगारी सिर्जना,आर्थिक विकास र गरिबी निवारण ( कृषि पशु उद्यम र पर्यटन),वातावरण संरक्षण, जलवायु परिवर्तन, विपद व्यवस्थापन र स्रोत साधनको दीगो प्रयोग, प्रविधिमैत्री सार्वजनिक प्रशासन र सुशासनमा प्राथमिकतामा राखेको प्रमुख प्रशासकिय अधिकृत मन बहादुर थापाले जानकारी दिए । थापाका अनुसार उच्च हिमाली पालिका भएको र चिनको मरिम्ला नाकासंग जोडीएको पालिका भएको कारण बिकासका काम कार्यान्वयमा निकै चुनौति भएपनि सवैको सहकार्यमा असम्भब भने नरहेको बताए ।

मुस्ताङवाट डोल्पोबुद्ध गाउँपालिका सड्क सञ्जालमा जोडीएपनि जिल्ला सदरमुकाम दुनैवाट भने सड्क सञ्जालमा जोडिन सकेको छैन । करिव ४२ किलोमिटरमा कामै भएको छैन भने २५ किलोमिटर क्षेत्रमा काम भइ रहेको भएपनि सम्पन्न हुन सकी रहेको छैन । सदरमुकामवाट माथिल्लो डोल्पाका ३ वटै पालिका सड्क सञ्जालमा जोडीएका छैनन ।