
असार १०,
माझगाउँ डोल्पा : जगदुल्ला गाउँपालिकाले आगामी बर्षको बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र माझगाउँमा २० औँ गाउँसभाको अधिवेशन मार्फत आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ३० करोड २१ लाख ३६ हजार ३६ रुपैया ६० पैसा बराबरको बजेट पारित गरेको हो। गाउँपालिका उपाध्यक्ष अमृता लामाले पेश गरेको बजेटमा आगामी आर्थिक बर्षमा जगदुल्ला गाउँपालिकाको बिकास र सम्बृद्धि जोडीएको र यस पटकको बजेट बिषेश उपलब्धी मुलक हुनेमा बिश्वस्त रहेको गाउँ कार्यपालिकाका सदस्यहरुको दावी रहेको छ ।
कुल ३० करोड २१ लाख ३६ हजार ३६ रुपैया ६० पैसाको बजेटमा चालु तर्फ १७ करोड ७ लाख ७६ हजार र पुजीगत तर्फ १३ करोड लाख ६० हजार रुपैया बिनियोजन भइ बजेट पेश भएर पास समेत भएको प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर पाण्डेले जानकारी दिए । प्रशासकिय अधिकृत पाण्डेका अनुसार कृर्षिमा ७८ लाख ३५ हजार,पशुमा ३३ लाख,उधोगमा २१ लाख ३१ हजार,पर्यटनमा २५ लाख,पूर्वाधारमा ९ करोड ५ लाख ६० हजार,शिक्षामा ७ करोड ८३ लाख ८५ हजार र स्वास्थ्यमा २ करोड १७ लाग बजेट बिनियोजन गरिएको बताए ।

आगामी आर्थिक बर्षको बजेटमा शिक्षा, स्वास्थ्य, आर्थिक विकास, पूर्वाधार विकास तथा सुशासनलाई विशेष प्राथमिकतामा राखिएको जगदुल्ला गाउँपालिका उपाध्यक्ष अमृता लामाले जानकारी दिईन। उपाध्यक्ष लामाले भनिन संघियता सुरु भएदेखी हाल सम्म आई पुग्दा आफ्नो अन्तिम बर्षको बजेट भएको र जनमुखि बजेट नै पारित भएकोले पूर्णता पाउने गरी कार्यान्वयनमा लाग्न जनप्रतिनिधि,कर्मचारी र जनतालाइ आग्रह गरिन । हाम्रै बजेट हो हामीले बिकास नगरे कस्ले गरिदिने र कहिले गर्ने त्यसैले सबैले हातेमालो गरेर बिकास गरौँ लामाले थपिन ।
स्थानीय सरकार संचालन ऐन अनुसार सभामुखको भुमिका निर्वाह गर्दै गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले उपाध्यक्षले पेश गरेको आर्थिक बर्ष ३०८३/०८४ को बजेट प्रस्तुत गरेका थिए । गाउँपालिकाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता, पारदर्शिता, जवाफदेहिता र नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राख्दै बजेट तथा कार्यक्रम तर्जुमा गरिएको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले जानकारी दिए। अध्यक्ष रोकायाले भने शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा विस्तार, स्थानीय आर्थिक गतिविधि प्रवर्द्धन, आवश्यक पूर्वाधार निर्माण तथा सुशासन प्रवर्द्धनमार्फत समृद्ध जगदुल्ला निर्माण गर्ने लक्ष्यका साथ बजेट पारित गरिएको छ सवैले सफल बनाउन जरुरी छ ।