ठुलीभेरी नगरपालिकाले ल्यायो ५० करोड माथीको आगामी आर्थिक बर्षको बजेट

जैतुन अनलाइन | २०८३ असार ८ गते सोमवार

असार ०८,

डोल्पा : डोल्पाको ठुलीभेरी नगरपालिकाले नयाँ बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको १७औँ नगरसभावाट आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ५० करोड भन्दा धेरै बजेट ल्याएको हो । सोमवार ठुलीभेरी नगरपालिकाको केन्द्र रहेको जुफालमा एक भब्य कार्यक्रमका बिच आगामी आर्थिक बर्षको बजेट नगरसभामा पेश गरी सर्वसम्मत पारित गरिएको छ ।

ठुलीभेरी नगरपालिकाको १७औँ नगरसभावाट आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि चालु तर्फ ३३ करोड ६८ लाख ३० हाजर र पुजीगत तर्फ १६ करोड ४५ लाख गरी कुल ५० करोड १३ लाख ३० हजार रुपैयाको बजेट पारित भएको छ । नगरपालिका उपप्रमुख छिरिङ्टोल्मा महतको अनुमतिमा नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले बजेट पेश गरेका थिए । उक्त बजे सोमवार नै दुईतिहाइले पारित भएको उपप्रमुख छिरिङ्गटोल्मा महतले जानकारी दिइृन ।

शिक्षा,स्वास्थ्य,खानेपानी र पोषणमा बिशेष प्राथमिकता राखेर आगामी आर्थिक बर्षको बजेट पालिकाका सवै ११ वटै वडामा बिनियोजन गरिएको उपप्रमुख महतको दावी छ । आगामी आर्थिक बर्षमा नगरपालिकाको आन्तरिक राजश्व करिब १ करोड भन्दा माथि संकलन हुने र त्यो राजश्व पालिकाका बिभिन्न शिर्षकवाट संकलन हुने अनुमान रहेको उपप्रमुख महतले बजेट लेखेकि छिन । सवै वडाहरुमा आवाश्यकताका आधारमा बजेट बिनयोजन भएको र वडा स्तरवाटै पारित भएर आएका योजनाहरुलाइ समाबेश गरेको उपप्रमुख महतको जिकिर छ ।

डोल्पा जस्तो जिल्लामा भोगोल सुहाउदो र नागरिकको आवास्यकता लाइ मध्यनजर गरी आगामी आर्थिक बर्षको बजेट आएको ठुलीभेरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणदत्त उपाध्यायले जानकारी दिए ।  संघियतामा यो जनप्रतिनिधिको दोस्रो कार्यकालको अन्तिम बजेट ल्याउने समय भएकोले जनताको खास समस्या र आवास्यक्तालाइ ध्यानमा राखेर वडा स्तर सम्म बजेट बिनियोजन भएको र बाहिरी बुझाई भन्दा पनि जनतालाइ मुख्य केन्द्रमा राखेर बजेट आएको दावी  उपाध्यायले गरे । बजेट कार्यान्वयनमा कर्मचारीवाट कुनै समस्या छैन जनप्रतिनिधि र जनताले साथ दिए सफल हुनेमा कुनै आशंका नरहेको बताए ।

ठुलीभेरी नगरपालिकाको १७औँ नगरसभामा सम्बोधन गर्दै नगरप्रमुख श्वर्ण कुमार बुढाले भने दुनै बजारलाइ स्मार्ट सिटी बनाउन सहयोग गर्ने,रुपगाड तातो पानी,रुपपाटन क्षेत्रलाइ प्रमुख पर्यटकिय क्षेत्रका रुपमा बिकास गर्ने । परम्परागत रैथाने वालीको संरक्षण गर्ने,कृषि पाटशाला संचालन गर्ने,अर्गानीक कृर्षिमा जोड दिने,कृषकलाइ परिचय पत्र प्रदान गर्ने,स्याउको मार्फा उत्पादनमा प्रोत्सहान गर्नुका साथै पशुपालन र दुग्ध उत्पादनमा बिशेष प्राथमिता राखेर पशु बिमा गर्ने सम्मका योजना समाबेश गरेको बताए ।

नगर प्रमुख बुढाले आगामी आर्थिक बर्षमा सुनौला हजार दिनका आमालाइ सहकारीमा जोडी आयआर्जनमा लगाउने,जुफाल स्वास्थ्य चौकिमा आउने आर्थिक बर्षमा भिडियो एक्सरे सेवा सुरु गर्ने देखी पालिका भरका स्वास्थ्य चौकिमा शुलभ औषधि खरिद गरी व्यवस्थापन गर्ने घोषणा गरे । अब ठुलीभेरी नगरपालिकामा  मनपरि नयाँ सड्क निर्माणमा कडाई गरिने,नयाँ सड्क खन्न डोजर वा अन्य साधान प्रयोग गर्दा वातावरणिय प्रभाब मुल्याङ्कन गरेर मात्रै निर्माण गर्न पाउने निति बनाउने बताए ।

गम्भीर रोगका बिरामीको कुल खर्चको २५ प्रतिशत रकम नगरपालिकाले प्रदान गर्ने,दरवन्दी मिलान गर्ने र कार्यसम्पादन मुल्याङ्कनका आधारमा शिक्षकलाइ सम्मान गर्नुका साथै शिक्षा नितिमा सुधार गर्ने,बिज्ञान,गणित र अंग्रेजी बिषयका शिक्षक बिधार्थीका संख्याका आधारमा दरवन्दी थप गरी अनुदान दिइृने छ । आउने आर्थिक बर्ष भित्रमा ठुलीभेरी नगरपालिका भित्रका सबै क्षेत्रमा 4G ईन्टरनेट सेवाको पहुच पुराई सञ्चार सेवाको पहुच बढाउने र आगामी आर्थिक बर्ष बेरुजु  मिलानको बर्षका रुपमा लिने तयारी रहेको नगरप्रमुख श्वर्ण कुमार बुढाले बताए ।

ठुलीभेरी नगरपालकाले आगामी आर्थिक बर्ष २०८३/०८४ को बजेट डोल्पा जिल्लामा सवैभन्दा पहिला ल्याएको हो । अघिल्ला बर्षका तुलनामा आगामी बर्षको बजेटमा नागरिकले सहजता पाउने र दिर्घकालिन रुपमा फाईदा लिन पाउनेगरी नगरपालिकाले बजेट बिनियोजन गरेको बुढाको दावी छ ।