हावाहुरीले बिधालयको छाना उडाउदा लाखौको क्षति वालवालिका चौरमै बढाउनुपर्ने बाध्यता

जैतुन अनलाइन | २०८३ जेष्ठ ९ गते शनिवार

जेठ ०९,

डोल्पा : हावाहुरीले बिधालयको छाना उडाउदा लाखौको क्षति भएको छ । ठुलिभेरी नगरपालिका २ कुम्लीको मनमा आधारभुत बिधालयको छाना हावाहुरिले उडाउदा ठुलो क्षति भएको हो । शुक्रवार राती ९ बजे तिर आएको ठुलो हुरीले मनमा आधारभुत बिधालयको दुई कोठे भवनको छाना उडाउदा अन्दाजी ३ लाख भन्दा धेरैको क्षति भएको छ ।

हुरीले  बिधालयको नयाँ दुई कोठे भवन र पूरानो एक कोठाको छाना उडाएर जस्ता स्याउ वारिमा पुर्याएको छ । कृषकका स्याउका बिरुवा नष्ट पारेको छ भने बिधालयको शोलारमा समेत क्षति पुगेको हुदा तत्काल मर्मतका लागि पहल गरिदिन बिधालय ब्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारी बताए । उनले भने  कक्षा ५ सम्म पढाई हुने यस बिधालयमा दुई कोठे भवनको छाना हावाले उडाए पछि वालवालिका खुला चौरमा पढ्ने अवस्था रहेको छ सवैले सहयोग गरिदिनुस ।

वालवालिकाहरुको संख्या अनुसार भवनको अभव भएको बेलामा प्राकृतिक बिपत्तिले पनि बिधालयलाई नै क्षति पुर्याउदा पठपाठनमा झन समस्या भएको मनमा आधारभुत बिधालयका प्रधानाध्यापक अम गुरुङ्गले दुखेसो पोखे । प्रअ गुरुङ्गले भने वालवालिका खुला चौरमै राखेर पढान त पढाईन्छ तर हावाहुरी बर्षामा साना वालवालिका बाहिर राखेर पढाउन अपराधिक कार्य जस्तै हुने भएकोले तत्काल सरोकारवाला निकायले मर्मत गरिदिन जरुरी छ ।

आधारभुत बिधालयमा साना वालवालिका नै धेरै हुने र तिनै वालवालिका पढ्ने कक्षाकै छाना हुरीले उडाउदा आईतवार देखी खुला चौरमा पढ्नेछन । प्राकृतिक बिपत्ती आयो क्षति सामान्य नरहेको तर तत्काल वडावाट बिपत कोषवाट पाल नै भएपनि राखेर पढ्ने वातावरण तयार गर्ने वडा अध्यक्ष कमल बहादुर क्षत्रिले जानकारी दिए । वडा अध्यक्ष क्षत्रिले भने नगरपालिका,सामाजिक बिकास कार्यालय र जिल्ला प्रशासनमा समेत मर्मत र सहयोगकको लागी अनुरोध गर्ने सकेसम्म छिटो मर्मत गरी वालवालिका पढ्ने वातावरण तयार गर्ने बताए ।

मनमा आधारभुत बिधालयको भवनको छाना हुरीले उडाएपछि जिल्ला प्रहरी कार्यालयवाट एक टोलीले घटनाको मुचुल्का समेत तयार पारेको छ । प्रहरीको मुचुल्का अनुसार अनुमानित दुई लाख भन्दा धेरै क्षति भएको र राति भएको कारण मानवीय क्षति नभएको र बिधालयको अनि कर्षकको स्याउ फर्ममा क्षति भएको प्रहरीको मुचुल्कामा उल्लेख छ । शुक्रवार दिउसो र राति चलेको हावाहुरीले डोल्पाका अन्य ठाउँमा पनि क्षति पुर्याएको हुनसक्ने अनुमान गरिएको छ ।