लोकप्रियतावादको कुनै छुट्टै आकार गुण मुल्य र मान्यता हुदैन यो एउटा भ्रमको जालो हो। जहाँ जुन अबस्था वा ब्यबस्थामा पनि बाहिर भ्रमको पर्दा लगाउन सकिने बिषय हो । आज नेपालमा लोकप्रियवादको रंगरोगन संसदीय ब्यवस्थामा लगाईएको छ यो खुईलिदै जादा सत्ताको सक्कल भेटिने भनेको पुँजिवादि संसदीय सत्ता नै हो त्यसकारण लोकप्रियवाद को आफ्नै प्रणाली गत मुल्य मान्यता हुदैन । र छैन जुन बस्तु लाई लोकप्रियवादले ढाकेको छ हेर्दा आकारमा त्यस्तै तर रंगरोगनका कारण आकर्षक चम्किलो हुन्छ र बास्तबिक बस्तुको गुण तस्बिर फरक देखेउने र आम जनतालाई भ्रमित गर्ने कार्य गर्छ । त्यसकारण संसदीय पुँजीवादि सत्तामा लागेको लोकप्रियतावादको प्रभाव नेपाल मा परेको भएता पनि यो चमक लामो समय रहिरहन सक्दैन किन कि यो बास्तबिक रङ होइन । वास्तविक राज्य प्रणालीहरुको बारेमा बिषय प्रवेश गरौ।
बिश्व मानव समाज आज समग्रहमा हेर्दा चौथो/पाँचौं औद्योगिक क्रान्ति सँगै विज्ञान प्रबिधिमा आएको चमत्कारिक बिकासहरु (१) कृत्रिम बौद्धिकता (एआई) (२) जीन सम्पादन (क्रिस्पर) (३)अन्तरिक्ष अन्वेषण: मंगल ग्रहमा रोभर पठाउने, चन्द्रमामा मानव बस्ती बसाल्ने योजना, र निजी कम्पनीहरूको अन्तरिक्ष पर्यटनको सफलता। (४) क्वान्टम कम्प्युटिङ:
(५) स्वचालित सवारी साधन: चालकविहीन कार र ड्रोन ट्याक्सीहरूको व्यावसायिक प्रयोग सुरु भएको छ। राजनीतिक रुपमा अति-भूमण्डलीकृत पुँजिवादी अर्थतन्त्र, बहुध्रुवीय विश्व-व्यवस्था, भौतिक-सामाजिक-संज्ञानात्मक क्षेत्रले ल्याएको असीम सम्भावना एकातिर र अर्कोतिर चरम आर्थिक असमानता, भयंकर पर्यावरण विनाश, आणविक हतियारको विभीषिकाले विश्व तरंगित छ भने बास्तबिक समाज वर्गीय शोषण ,राष्ट्रियता,जातीय-धार्मिक-सांस्कृतिक द्वन्द्व आदिका गम्भीर चुनौतिको वीचबाट नयाँ मानव-सभ्यता विकास र व्यवस्थापन गर्नुपर्ने दायित्व मानवजातिको काँधमा आएको छ।
माथि उल्लेखित बिषयको प्रभाव नेपालमा पनि तिब्र गतिमा पर्दै गएको पाईन्छ । मानिस सर्वश्रेष्ठ प्राणी भएको हुनाले सबै खाले संकट र कठिनाइ हरुलाई सहज बनाउने उदेश्यले मानिस आफैले परिवार समुदाय र राष्ट्र निर्माण गरेको पाईन्छ। नियम ,विधि ,अनुसासन, ढण्ड ,सजया सबै -सबै मानव हितकै लागि बनाउदै आएको भएता पनि मानिसको सिकाई समय परिस्थिति प्रकृतिको सिमितताहरु कारण मानिसको जनसंख्या र चेतनाको स्तर क्रमिक रुपमा बिकास हुने क्रममा हामी आज हिजो परिकल्पना गरेको र प्रयोग गर्दै आएका अनेकौ अबधारणाहरु विश्व मानव जीवन सहज बनाउने भन्दा पनि प्रकृति पर्यावरण विना मानव बिचको असमानता द्वन्द्व झन झन बढै गएको छ। आदिम साम्यवाद देखि लोकतान्त्रिक ब्यवस्था ( भू-मण्डलिकृत पुँजिवाद) सम्म आइपुग्दा हामी सम्पूर्णले महसुस गरेको बिषय यो हो कि विश्व मानव सभ्यताको उचित बिकास र ब्यबस्थापनको लागि सर्वोत्कृष्ट समाज ब्यवस्थको निर्माण अपरिहार्य भएको छ।
विश्व मानव सभ्यताको उचित बिकास र ब्यबस्थापनको लागि सर्वोत्कृष्ट समाज ब्यवस्थको निर्माण अपरिहार्य भएको छ भन्ने बितिक्कै तपाईं हाम्रो दिमागमा झट्ट स्मरण हुन्छ कि के आज सम्म प्रयोग भएका र भइरहेका राज्या प्रणालीहरुले मानव सभ्यता र प्रकृतिको निम्ति उपयुक्त साबित भएनन्? यो प्रश्न उठ्नु स्वभाबिक नै हो। बर्तमानमा विश्व भर पहुँच जमाएको राज्य प्रणाली कुन हो त्यसका आधारभुत मान्यताहरु के के हुन नेपालको सन्दर्भमा यो प्रणालीमा कुन कुन दलहरु समाहित छन् । आम मानिसहरुले अध्यान गर्न आबश्यक छ। हेर्दा नाम ब्यक्ति प्रवृत्ति अभिब्यक्तिहरु फरक फरक देखिए पनि मुलत राज्य सत्ताको अवधारणामा कंग्रेस , एमाले , नेकपा, रास्वपा, श्रम संस्कृति र संसदीय मधेसबादी दलहरुको राज्य ब्यवस्था र प्रणालीको बारेमा लगभग एउटै दृष्टिकोण र सत्ता संचालनको अभ्यास भएको पाइन्छ । उनिहरुको काम व्यवहार र दस्तावेजहरु बाट पनि यहीँ कुरा पुष्टि हुन्छ । राज्य सत्ता संचालन प्रणालीमा एउटै देखिन्छ। खालि भन्दा मात्रै नेपाली चलन चल्तिमा छ नि सुन्दा फरक फरक तर गुण र परिणाम एउटै सब्जिमा आलु र कोपी वा कोपी र आलु भने जस्तो मात्रै हो एउटै डालाको आलु संसदीय प्रणाली र संसदीय दलहरु । संसदीय प्रणाली लोकतान्त्रिक ब्यवस्थाको कुरा गर्ने बितिकै लोकल्याणकारी पुजिँवादि ब्यवस्था अवलम्बन गरेका केही देशहरुको लाई देखाए र नेपालको लोकतान्त्रिक प्रणाली लाई त्यस्तै बनाउ छौं भन्ने भ्रमहरु सधैं चलाइन्छ। तर त्यो भ्रम बाहेक केही होइनन् किन किन नेपाल हाल जुन अर्थिक र उत्पादन सम्बन्ध, सामाजिक संस्कृति राजनीतिक र विश्व राजनीतिक अबस्था र बिज्ञान प्रणाली युरोप ले त्यो बेला गरेको अभ्यास सँग कहिँ- कतै बाट पनि मेल खाने खाल्को परिस्थितिमा अहिले छैन। यो बिषय बुझ्न अती आवश्यक हुन्छ।
वर्तमान विश्व राजनीतिक ब्यबस्थाको कुरा गर्दा मुलत: पुँजीवादी दृष्टिकोण र कम्युनिस्ट बामपंथी दृष्टिकोण मुख्यतः हुन् । प्रजातान्त्रिक पुँजिवादले केही देशहरुमा अलि बिकसित भएर लोकतान्त्रीकरणको राज्यको अभ्यास गरेका उदाहरण छन्। यो बिषयमा माथि उल्लेख गरि सकिएको छ। जसमा स्वीडेन, नर्वे, डेनमार्क, फिनल्याण्ड, आइसल्याण्ड। यी “लोककल्याणकारी लोकतान्त्रिक” मोडेल अन्तर्गत पर्छन्, जहाँ सार्वभौमिक स्वास्थ्य सेवा, निःशुल्क शिक्षा र ठूलो पेन्सनको व्यवस्था छ। तर निजिकरण र पुँजि केन्द्रकरण एकाधिकार वर्गिय खाडल र श्रमिकहरुमाथिको शोषण भने झनै डरलाग्दो ढंगले बढेको पाईन्छ।
·
प्रगतिशिल बामपंथी दृष्टिकोण राख्ने कम्युनिस्टहरुले भनेको समाजवादी ब्यवस्था यसको बिकशित अवधारण वैज्ञानिक समाजवाद हो। संसारमा कुनै कुराको फरक फरक नामाकरण हुनु को पछाडि सबै फरक फरक चिजको आ-आफ्नै मान्यता गुण र चरित्रहरु हुन्छ । त्यसैले एउटै जस्तो देखिने गोलाकार बस्तु चन्द्रमा र पृथ्वी फरक फरक हुन् उनिहरुमा प्राप्त हुने फरक फरक बस्तु र तिनिहरुको गुणले यो कुराको पुष्ट गर्छ।
त्यसकारण विश्व भरि पहुँच जमाएको पुजीवादी ब्यबस्था र समाजवादी ब्यबस्थाका मुल्य र मान्यताहरु फरक फरक छन्।
यहाँ समाजवाद र पुँजीवाद अन्तर्गत शिक्षा, स्वास्थ्य, जनजीविका र अर्थ प्रणालीको आधारभूत अवधारणा छोटो र स्पष्ट रूपमा प्रस्तुत गरिएको छ:
१. शिक्षा
· समाजवाद: शिक्षा सरकारको मुख्य दायित्व; निःशुल्क, अनिवार्य र सबैका लागि समान। निजी क्षेत्रको भूमिका न्यून।
· पुँजीवाद: शिक्षा बजारमा आधारित; सरकारी र निजी विद्यालय दुवै। गुणस्तर र पहुँच वर्गीय क्षमतामा निर्भर।
त्यसकारण राज्य सत्ताको चरित्र अनुसारको शिक्षा प्रणाली यति प्रष्ट हुदाँहुदै पनि निजि स्कुलबाट भिक मागे झै मागे कहिले % प्रतिशत पहुँच दार बिद्यार्थीहरुले पढ्न पाएका छन भन्ने ढंका पिट्ने हालका प्रधानमन्त्रीको दृष्टिले 98% बिद्यार्थीको नि:शुल्क पढ्न पाउने अधिकार माथि नाङ्गो प्रहार गरिहरेको छ। कानुन र संविधानको ध्वाजी उडाएको छ। तमाम सुकुम्बासी गरिव मजदुर किसानका बालबालिका हरुको अपमान गरिएको छ। पाठ्यक्रमको हविगत त्यहि छ। यसको मुल्यांकन अवश्य समयले गर्ने नै छ। आज प्रधानमन्त्रीको जनकार्यक्र लक्षित हुंकार माथि ठूलो प्रश्न खडा भएको छ।
२. स्वास्थ्य
· समाजवाद: स्वास्थ्य सेवा निःशुल्क वा अत्यन्त सस्तो; सबै नागरिकको आधारभूत अधिकार। सरकारको प्राथमिकता।
· पुँजीवाद: स्वास्थ्य सेवा पनि बजारकै अंग; बीमा र निजी अस्पतालको प्रभुत्व। सरकारी सेवा पहुँच वालाको मोलमोलाइमा सीमित। शिक्षा स्वास्थ्य जनताको आधारभुत अधिकारमा राखे सेवादिनु को सट्टा कृषिमा बिमा शिक्षा सबैमा निजि बिमा परनिर्भर नितिले सरकार परालको त्यान्द्रो जस्तो भएको सामान्य बिमा रकम पनि तिर्न नसकेर सेव बन्दा भएको अबस्ता यहीँ असफल नीति सरकारको पहिलो प्रथामिकतामा छ। त्यसको परिणाम हामी सहजै अनुमा गर्न सक्छौ सरकार असफल छ। पहिलो
३. जनजीविका (रोजगार, आय, सामाजिक सुरक्षा)
· समाजवाद: रोजगारको सुनिश्चितता, न्यूनतम ज्याला, सामाजिक सुरक्षा र समान आय वितरणमा जोड। सरकारले रोजगार सिर्जनामा भूमिका खेल्छ।
· पुँजीवाद: रोजगार बजारको माग र आपूर्तिमा निर्भर। व्यक्ति आफैं जिम्मेवार। आयमा असमानता हुनु स्वाभाविक मानिन्छ।
४. अर्थ प्रणाली
· समाजवाद: उत्पादनका मुख्य साधनहरू (जग्गा, कारखाना, ऊर्जा) सरकारी वा सामूहिक स्वामित्वमा। केन्द्रीय योजना, मूल्य नियन्त्रण।
· पुँजीवाद: उत्पादनका साधनहरू निजी स्वामित्वमा। मूल्य बजारले निर्धारण गर्छ। प्रतिस्पर्धा, नाफा र उपभोक्ता स्वतन्त्रता केन्द्रमा
&
लोकप्रियवादको पगरी लगाएर बालेन्द्र र रबि चम्काउन खोजेको पुँजिवादी संसदीय सत्ता सच्चै कम्कदै छकि एकै महिनामा खूलिन सुरु गर्यो नेपालमा उदाएको लोकप्रियवादको परिदृषय कस्तो छ।
समग्रह राजनीतिक अबस्था र परिस्थिति बारे सारंशमा माथि उल्लेख गरि सकिएको छ। बस्तबिक राज्य सत्ताहरुको अबधारण र चरित्र बारे हामी जानकार नै छौ अब लोकप्रियतावादको पगरीमा सझिएको पार्टी नीति नेता र सरकार गठन पछिका परिदृष्य बारे चर्चा गरौं
लोकप्रियताको लागि प्रयोग भएका नाराहरु के- के थिए सारंशमा हेरौं।
जे मान्यता अगाडि सारेर जनताको साथ पाएँ आज जेन्जी आन्दोलन पछि सक्तिमा उदाएका हरु ले एक पछि अर्को गर्दै त्यहि मान्यताहरु भत्काउन र लत्याउन थालेका छन्।
मुलतः जनताले अनुमोदन गरेका साथ दिएका मान्यताहरु के के थिए स्मरण गरौं:-
१.merit
२.Good Governance
३.Transparency
४.Anti-corruption)
५.Nepotism
६. Favouritism / Cronyism
७.Sycophancy / Flattery
के अभ्यास गर्ने ठाउमा पुगे पछि त्यसको कर्यन्वयान भयो त?
बास्तबमा हेर्दा जेन्जि आन्दोलन पछि बनेको सरकार देखि आम निर्वाचन प्रधानमन्त्रीको रुपमा प्रचार गरिएको बालेन्द्र शाहको गाडि काण्ड देखि समानुपातिक उमेदवारमा नाम सिफारिस भएको कुराले पनि नयाँ पार्टीको निकटता जनता सँग कि पुँजिपति बिचौलिया हरु सँग छ भन्ने कुरा प्रष्टै थियो सरकार गठन पछिको सुकुम्बासी बस्तीमा डोजर चलाउने निर्णयले सरकार कस्को हो झन प्रष्ट भएको छ। सरकारमा क्षमता योग्यता अनुभव र इमानदारीता भन्दा पनि स्टन्ट बाज नेतृत्व सँगको निकटतामा आधारित मान्छेहरुले नै पुन: अबसर प्राप्त गरिरहेको देखिन्छन् । मुख्यतः शुसिला कार्कीको कार्यकालमा भएको मान्याधिबक्ता होस वा सोकियो सचिव भए बात पाएको अबसर यो सबै जेन्जि आन्दोलनको मर्म बिपरित छ। यता P.M वेलेन्द्र शाह भएपछि पनि त्यहि गल्ती दोरिएको छ। संविधान संशोधन समिति गठनमा योग्यता भन्दा पनि प्रधानमन्त्री सँगको निकटताको कारण जिम्मेवारी पाएको कुरा प्रष्टै छ। यो सबै देश र जनता माथि भएको धोकाको निरन्तरता हो। यसलाई अझै सरलतामा भन्दा भन्ने एउटा गर्ने अर्को। भन्या यहि हो।
मन्त्री छनोट प्रक्रिया पनि योग्यता अनुभव भन्दा कुन पक्ष बाट को मन्त्री बनाउने उनिहरुको नेतृत्व प्रतिको चाकडि बाज कस्तो छ। आदि आदि। आफु निकटका मान्छे कति धेरै समेटन सकिन्छ । भन्ने होडबाजि भएकाहरु मध्ये पनि योग्य अनुभविहरु पाखा लाग्नु पर्ने स्थिति रहयो भने सम्बन्धित मन्त्रालय सँग सम्बन्धित विज्ञहरु भन्दा पनि पार्टी नेतृत्वले चाहेका हरुले जिम्मेवारी पाए यो कुनै जेन्जि आन्दोलनको मान्डेट थिएन जुन यूवाहरुको बलिदानिको मर्म बिपरित छ। हालको दल र नेतृत्व लाई चाडै यसको मुल्य निकै भारि पर्ने पक्का छ।
पार्दशिता, शुसान, भ्रष्टचार बिरोधि अन्दोलको जगमा उभिएको नेता र नेतृत्व हरुकै सम्पत्ति अपार्दशि बिचौलिया सँग साँटगाँट हरु बाहिन थाले पछि स्वास्थ्य मन्त्री र गृहमन्त्रीले पद नै गुमाउनु पर्यो। पार्टी सभापति माथिनै मुद्दाको चाङ्ग छ। जसका कारण उमेदवार दर्ताको दिनमात्रै बिघो बापतको एक करोड रकम अदालतमा बुझाउनु पर्याेको छ। भ्रष्टचारको कडा बिरोध गर्ने आज आफ्नो झन्डै दुई तिहाइको सरकार भएको बेला भ्रष्टचार लाई संरक्षण गर्ने कुनन संसदबाट पारित गर्ने तयारी गर्दै छन्। यो गतिविधि पुरानाको भन्दा घातक जनता प्रति धोकाडाडी हो। जन जनले राम्रोसँग मुल्यांकन गर्न जरुरी छ।
VVIP, र Vip हरुको सुरक्षामा चरम दुरुपयोग भयो भन्ने हरु प्रधानमन्त्री मन्त्री नबनि प्रधानमन्त्री र मन्त्रीहरुले भन्दा बढि सुरक्षा सुबिधा प्रयोग गर्दै संबिधान र कानुनको ध्वाजि उडाउने नयाँहरु बाट देश र जनताले के अपेक्षा गर्ने । मिडिया खोजि खोजि हिडने हरु आज सरकारमा गएको केहि महिना मै किन मिडिया बाट भागि भागि हिड्नु परेको छ। किन आफ्ना संसद हरुलाई मिडिया नबोल्न भन्नु परेको छ। राम्रो गर्ने योजना कार्यक्रम र कामको सुरुवात गरेको भए भए पार्टीका मन्त्री र संसद हरु मात्रै होइन पार्टीका सदस्य हरु पनि मिडिया खोज्दै हिड्ने थिए। तर जनताको भावना र राष्ट्रिय आवश्यकता बिपरित को कदम हरु अगाडि बढ्न थाले पछि आज सरकारमा भएको लोकप्रियता वादको पगरी लगाएको पार्टीकोका नेता मन्त्री हरु दोहोर संवाद गर्न नसकेर भाग्दै हिड्नु परेको छ।
सुकुम्बासीलाई हटाउने होइन लाल पुर्जा दिन्छु भन्ने रबि बालेन आज सरकार समाले एक महिना नपुग्दै डोजर चलाउने माईकिङ्ग गर्दै छ। यथार्थ त यहीँ हो चुनाबि भाषण मा छाति थाप्छु भन्ने हरु अनुहार लुकाएर बसेका छन्। यो किन भयो भन्दा लोकप्रियतावाद भनेको रंगरोकन मात्रै हो। त्यसले जुनि बस्तुलाई लगाईन्छ त्यहि बस्तु टल्कन्छ र चंकिन्छ। तर कहि समयमै त्यसको ब्यास्तबिक आकार गुण र अनुहार देखिन्छ आजको लोकप्रियवादको रंगरोकनले दलाल संसदीय ब्यस्थालाई चमकाएको थियो त्यो रंग एकै महिनामा खुइलियो र बास्तबिका आकर गुण ग्रण गर्न सुरु गरेको छ। रेन्टिङ्ग पेन्टिङ्ग झुकिएका जनताहरु सत्ताको वास्तविक अनुहार देखिन थाले पछि झस्किएका छन आतिएका छन। आजको बस्तबिकता यहीँ हो।
मुख्यतः सत्ताको वर्गीय ,सामाजिक ,संस्कृति, मानविय दृष्टिकोण नबदलिए सम्म ब्यक्ति बदलेर समस्याको समधान हुदैन ।किन कि लोकप्रियतवादको ब्यक्ति केन्द्रित दृष्टिकोण आज खरानी भएको छ।
युवाको नेतृत्वको प्रचार आजका प्रधानमन्त्री भन्दा कम उमेरमा सुर्य बाहादुर थापा प्रधानमन्त्री भएका थिए, डा. हर्क गुरुङ जस्ता बिद्वान हरु पनि मन्त्री भइसके छन्।आजका मन्त्रीहरु भन्दा एसिया मै नाम चलेका उपेन्द्र देवकोटाहरु मन्त्री भएका थिए मुलत सत्ताको बर्गिय चरित्र सामाजिक संस्कृतिक मानबिय दृष्टिकोण नबदलिएका कारण जनअपेक्षा पूरा भएको थिएन आज बनेको अबधारणको अभ्यास हिजै भएइसकेको ब्यक्ति केन्द्रित समधानका अवधारण हरु फासिवाद र कुर निरंकुशता तिर जाने निक्षित छ। यति हुदाहुदै पनि राज्या सत्ता लाई परालको खरानिको थुप्रो जस्तो कमजोर बन्न कहिले दिनु हुदैन । राज्य सत्ता देश जनताको हित संरक्षणको लागि बिशाल पहाड झै हुन आवश्यक छ। यो कुराको पुष्टि त जेन्जि आन्दोलन ले गरि सकेको छ।
जनताको माग एजेन्डा र मुद्दा भन्दा पनि देशको स्वाधीनता राष्ट्रिय अखण्डता लाई समाप्त पर्ने गरि खुले आम विभिन्न देशका कुतनितिक निकाय बाट तलब भत्तामा संगठित र स्कुलिङ गरिएका सक्तिहरु बाट बिदेशी इच्छा अनुसारको भूमिका जेन्जि आन्दोलनको नाम मा भएको र कुनै पनि देशको मेरुदण्ड सेनामा सम्म प्रश्न चिन्न खडा भएको छ। प्रधानमन्त्रीको राजिनामा पछि राजनीतिक आन्दोलन हो भने बिध्वंस अन्त्य हुने पर्ने हो। तर राजनीतिक अधिकार आन्दोलनकारि ले प्रप्त गरि सके पछि । देशका इतहासिक धरोहर खरानी भएका छन्। यो कुनै राजनीतिक वा क्रान्तिको परिधि भन्दा फरक र परिचालित देशद्रोहि गतिविधि भएको छ।
लेखक:- सन्दिप खड्का,