जगदुल्ला गाउँपालिका कर्णाली प्रदेशको कम बेरुजु हुनेमा तेस्रो स्थानमा डोल्पाको पहिलो पालिका

जैतुन अनलाइन | २०८३ जेष्ठ ५ गते मङ्गलवार

 जेठ ०५,

डोल्पा :  जगदुल्ला गाउँपालिका कर्णाली प्रदेशमा कम बेरुजु हुने सुथानीय तहमा तेस्रो स्थानमा परेको छ । डोल्पाका ८ वटा स्थानीय तह मध्य जगदुल्ला गाउँपालिका डोल्पा जिल्लामा पहिलो र कर्णाली प्रदेश भरीमा तेस्रो स्थानमा परेको हो । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार जगदुल्ला गाउँपालिकाको बेरुजु २२ लाख ७१ हजार अर्थात  (०.३६%) प्रतिशत मात्र रहेको छ ।

बजेट निर्माण र कार्यान्वयनमा भएको अनुशासन पालना, कार्यक्रम कार्यान्वयन गर्न निर्देशिका तयार, शाखाबिचको समन्वय, कानुनी प्रक्रिया बाहेक अन्य क्षेत्र वा जनप्रतिनिधिवाट कुनै दबाब नभएकोले पनि निकै सहज भएको जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार आन्तरिक लेखा परीक्षण प्रभावकारी रहेको कारण बेरुजु कम भएको र बिकास निर्माण देखी सेवा प्रबाहमा स्थानीय सरकार सञ्चालन ऐन,नीति नियम र कार्यबिधिको सहि रुपमा पालना गरे बेरुजु कम गर्न सकिने बताए।

जगदुल्ला गाउँपालिकाको प्रमुख प्रशासकिय भवन जो डोल्पाका स्थानीय तहहरु मध्य सवैभन्दा पहिले निर्माण भएको थियो ।

हाल महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको प्रतिबेदनमा देखिएको पालिकाको बेरुजु पेश्की बेरुजु भएको र पेश्की फर्छ्यौट भए पश्चात् बेरुजु शून्य प्रतिशतमा झार्ने अभियानमा पालिका हरदम लागि रहेको जगदुल्ला गाउँपालिकाका प्रशासकीय अधिकृत केशव राज पाण्डेले बताए । उनले भने यस पालिकाका नागरिकमा पनि चतना छ र पालिकाले पनि हरेक क्षेत्रमा निति नियमा र ऐन अनुसार काम गराउदा बेरुजु शुन्य तिर झर्न लागेको हो पालिकाले छिट्टै हाल देखिएको बेरुजु शुन्य बनाउने छ ।

‘आर्थिक पारदर्शीताका लागि हामीले नीति, नियम र निर्देशिका बनाएका छौ,  सहो अनुसार स्थानीय तह सञ्चालन भएको छ र नागरिकले सहयोग पनि गरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए । अध्यक्ष रोकायाले भने बोलेर भन्दा पनि स्थानीय सरकार निति,कानुन र ऐन बनाएर सोहि अनुसार काम गरे नागरिकले सहजै सहयोग गर्ने र बिकासका साथै सेवा प्रभाबकारी हुने दावी गरे । बेरुजु शून्यमा झार्न सकिन्छ जनप्रतिनिधि,कर्मचारी र जनताको एकत भए उनले थपे ।

डोल्पामा सवै भन्दा कम बेरुजु जगदुल्ला गाउँपालिकाको ०.३६ प्रतिशत सवैभन्दा धेरै ठुलीभेरी नगरपालिकाको ४ करोड ६९ लाख ३१ हजार अर्थात (४.६१%) रहेको छ । त्यसै गरी माथिल्लो डोल्पाको बेरुजु कम भएको दोश्रो स्थानीय तहमा  डोल्पोबुद्ध गाउँपालिकाको ५० लाख ४० हजार अर्थात (०.९९%) रहेको छ ।

डोल्पाका कुन स्कथानीय तहमा कति बेरुजु हेर्नुहोस्..

यसरी महालेखा परिक्षकको कार्यालयले सार्वाजानीक गरेको प्रतिबेदन अनुसार हेर्दा डोल्पा जिल्लाका स्थानीय तहको क्रमशः बेरुजु कम गर्ने तेश्रो स्थानीय तहमा शे-फोक्सुण्डो गाउँपालिकाको १ करोड १६ लाख ८२ हजार (१.४५%) चौथो स्थानमा काइके गाउँपालिकाको १ करोड २३ लाख ५९ हजार (१.५६%), पाँचौं स्थानमा छार्का ताङसोङ् गाउँपालिकाको १ करोड ९२ हजार (१.८३%), मुड्केचुला गाउँपालिकाको १ करोड ६१ लाख ६८ हजार (२.०६%), त्रिपुरासुन्दरी नगरपालिकाको २ करोड ९० लाख ३४ हजार (२.६८%) र सबै भन्दा बढी ठुलीभेरी नगरपालिकाको ४ करोड ६९ लाख ३१ हजार (४.६१%) बेरुजु रहेको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन अनुसार कर्णाली प्रदेशमा दार्मा गाउँपालिका सल्यान ०.२५ प्रतिशत बेरुजु सहित कम बेरुजु भएको पहिलो पालिका, त्रिबेणी गाउँपालिका सल्यान ०.२९ प्रतिशत कम बेरुजु सहित दोस्रो र जगदुल्ला गाउँपालिका डोल्पा ०.३६ प्रतिशत कम बेरुजु सहित तेस्रो स्थानमा परेका हुन ।

हेर्नुहोस कर्णाली प्रदेशका कुन स्थानीय तहमा कति बेरुजु :