डोल्पो क्याम्पसलाइ एम एड अध्ययन गर्न स्तरोउन्न्ती गर्न छलफल

जैतुन अनलाइन | २०८३ बैशाख ३० गते बुधवार

डाेल्पा । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रहेकाे डाेल्पाे क्याम्प दुनैमा स्नातकोत्तर (एम.एड) तह सञ्चालनकाे लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ। डाेल्पाे क्याम्पस दुनै डाेल्पाकाे संचालक समिति  जेष्ठ सदस्य शेर बहादुर बुढाकाे अध्यक्षतामा एम. एड तह सञ्चालनकाे लागि सम्भाव्यता अध्ययन समितिका सदस्य द्वाेय डाक्टर महेन्द्र कुमार मल्ल र हरि बहादुर थापा, जिल्ला स्थित राजनीतिक दलका प्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी लगाएतकाे सहभागी कार्यक्रमकाे छलफलले डाेल्पाकाे पहिलो क्याम्पस डाेल्पाे क्याम्पस दुनैमा स्नातकोत्तर एम.एड तह पठनपाठनकाे लागि आवश्यक रहेकाे निष्कर्ष निकालेकाे

सम्भाव्यता अध्ययन समितिका सदस्य डाक्टर मल्ल र थापाले डाेल्पाे क्याम्पसमा स्नातकोत्तर एम एड तह संचालनकाे लागि अवस्था कस्तो छ र यहाँका नागरिकको आवाज के छ भन्ने जानकारी लिनुकाे साथै सल्लाह सुझाव दिएका छन।

राष्ट्रिय स्वतन्त्र पार्टी डाेल्पाका सहसचिव सुवाश कार्की, नेपाली कांग्रेस डाेल्पाका सचिव हिक्मत शाही, नेकपा एमाले डाेल्पाका अध्यक्ष लंक राेकाया, नेपाली कम्युनिस्ट पार्टी डाेल्पाका नेता बबि किश्वर गुरुङ, नागरिक अगुवा ओमेन्द्र केसी, शिक्षा प्रेमी लक्ष्मण कार्की, पत्रकार महासंघ डाेल्पा अध्यक्ष सराेज थापा लगाएतका सहभागीले डाेल्पाे क्याम्पसमा स्नातकोत्तर तह संचालनकाे लागि आवश्यकता रहेकाेले साेहि अनुसार रिपोर्ट लिन सम्भाव्यता अध्ययन टाेलीलाई आग्रह गरेका थिए ।

स्नातकोत्तर (एम.एड) तह स्थापना गर्नु मात्र ठुलाे कुरा हाेइन यसलाई दीर्घकालीनरुपमा संचालन गर्नु अवकाे आवश्यकता र चुनाैती हुने स्नातकोत्तर तह सञ्चालनार्थ सम्भाव्यता अध्ययन समितिका सदस्य हरि बहादुर थापाले बताए । डाेल्पाकाे सदरमुकाम दुनै बजारमा रहेकाे डाेल्पाे क्याम्पसमा स्नातकोत्तर तह पठनपाठन संचालन गर्नकाे लागि आवश्यकता रहेकाे महसुस गरेकाे  थापाले बताए। डाेल्पा भुगाेल ठुला संगै यहाँबाट अध्ययन गर्न बाहिर जाने बिधार्थीलाई घरआगनमै सहज अध्ययन गर्ने सहज हुने बिश्वास रहेकाे थापाले बताए।

डाेल्पा जिल्ला स्नातकोत्तर तह (एम.एड) पठनपाठनकाे लागि आवश्यक देखिएको सम्भाव्यता अध्ययन समितिका सदस्य डाक्टर महेन्द्र कुमार मल्लले बताएका छन। अन्य जिल्लामा दुई तीन स्थानमा स्नातकोत्तर तहकाे कार्यक्रम संचालन छ यहाँ डाेल्पामा अझै नहुनु दुखद कुरा रहेकाे हुदा अब सबै सराेकारवाला निकायले आआफनाे ठाउँबाट साथ र सहयाेग गर्न मल्लले आग्रह गरेका छन। केही कुराकाे कमिकम्जाेरी  भएता पनि डाेल्पा ठुलाे बिकट जिल्ला भएकाे हुदा यहाँका बासिन्दा नागरिकले घर आगनमै उच्च शिक्षा पढ्न पाउनु पर्ने अधिकार रहेकाे मल्लले बताए । डाेल्पाे क्याम्पसलाई भाैतिक संगै शैक्षिक गुणस्तरकाे बिकास गर्नकाे लागि मल्लले सुझाव दिएका छन। सके सम्म याे बर्ष नै नभए आगामी बर्ष देखि डाेल्पाे क्याम्पसमा स्नातकोत्तर तह संचालनकाे लागि सम्भाव्यता अध्ययन टाेलीले सिफारिस गर्ने पनि उनले आश्वासन दिएका छन।

डाेल्पाे क्याम्पसमा उच्च शिक्षा स्नातकोत्तर तह संचालनकाे लागि सबै प्रक्रिया पूरा गरि सकेको डाेल्पाे क्याम्पस दुनैका क्याम्पस प्रमुख बिष्णुलाल बुढाले बताएका छन। आफुले नेतृत्व पाएकाे छाेटाे समयमा क्याम्पसले धेरै फड्काे मारेकाे पनि उनले दाबी गरेका छन।  कार्यक्रम क्याम्पस प्रमुख बुढाले क्याम्पसकाे अवस्था र गतिविधि बारे जानकारी दिएका थिए।

चालु आ.व बाटै स्नातकोत्तर तह (एम.एड) कार्यक्रम संचालनकाे लागि सम्भाव्यता अध्ययन टाेलीलाई डाेल्पाे क्याम्पसका जेष्ठ सदस्य शेर बहादुर बुढाले आग्रह गरेका छन। आवश्यकता अनुसार क्याम्पस व्यवस्थापनले अपुग क्याटाेगाेरी सबै विस्तारै परिपुर्ति गर्दै जाने पनि उनले व्यक्त गरेका छन।