यार्सागुम्बा चोरी गर्ने ३ जनालाई बन हेरालाले पक्राउ गरे

जैतुन अनलाइन | २०८३ बैशाख २९ गते मङ्गलवार

बैशाख २९,

डोल्पा : यार्सागुम्बा चोरी गर्नेलाई बन हेरालाले पक्राउ गरेका छन । ठुलीभेरी नगरपालिका ६ को यार्सा पाटनमा चोरी गर्न गएका ३ जना पक्राउ परेका हुन । रुकुम पुथा उत्तरगंगा गाउपालिका रन्मा गाउँका ३ जना रुपपानी सामुदायीक बन फुर्के भन्ने पाटनमा लुकीछिपि यार्सागुम्बा टिपी रहेको अवस्थामा पक्राउ परेका थिए । रुपपानी सामुदायीक बनले यार्सागुम्बा पाउने पाटनहरुमा सर्वसाधारणका सवैका लागी खुला नहुदा सम्म सुरक्षाका लागी हेराला राखेको छ । नेपाल प्रहरी,शसस्त्र प्रहरी बल र स्थानीय युवाहरुलाइ ज्याला दिएर पाटनै यार्सागुम्बाको सुरक्षा सामुदायीक बनले गरिरहेको रुपपानी सामुदायीक बन यार्सा समितिका सचिव पञ्च बहादुर बुढाले जानकारी दिए ।

सचिव रोकायाका अनुसार पक्राउ परेकाहरु हाल समितिको निगारानीमा रहेको जनही ५० हाजरका दरले कारवाही गरिने र सोहि अनुसार कारवाही नभए बन कार्यालय डोल्पामा पेश गर्ने बताए । यस सामुदायीक बनमा हरेक बर्षा सर्वसाधारणका लागी एकै समयमा एकै साथ यार्सागुम्बा संकलनका लागि पाटन खुला गर्ने गरिन्छ । जिल्लाको सर्वदलिय बैठकले जेठ १० गते डोल्पाका सवै यार्सापाटन खुला गर्ने भनि निर्ण गरेको भएता पनि यो सामुदायिक बनको पाटन १५ गते भित्र खुल्ने तयारी रहेको स्थानीयहरु बताउछन । संकलनका लागी प्रबेश शुल्क काटेपछि जिल्लाकाले मात्रै हैन पाटनमा आउने सवैले समान रुपमा टिप्न पाउन भन्ने हेतुले हेराला राखेर बनमा यार्सागुम्बा पाउने पाटन सुरक्षा गरि रहेको यार्स सिजन समितिका सचिव पञ्च बहादुर बुढाले जानकारी दिए ।