
काठमाण्डौ : पार्टीभित्र पुस्तान्तरणको नयाँ झट्का आएको छ । पूरानै शैलीमा हैन अबको राजनितिमा युवा पुस्तालाई बिषेश अधिकार दिएर युवालाई बाटो छोड्नुपर्ने भन्दै डोल्पाका अनुभबि नेता हंशबहादुर शाहीले फरक मत राखेर युवालाई अवसर दिनपर्ने भनेका छन ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा डोल्पाका प्रभावशाली नेता हंश बहादुर शाहीले हालै चालेको कदमले नेपाली राजनीतिमा एक सकारात्मक सन्देश दिएको छ । उनले आफूलाई तोकिएको पर्यटन विभागको जिम्मेवारी अस्वीकार गर्दै पार्टी नेतृत्वलाई बुझाएको पत्र अहिले सामाजिक सञ्जालमा र पार्टी भित्र चर्चाको विषय बनेको छ ।
शाहीले पत्रमा स्पष्टसँग आफूसँग सो क्षेत्रको अनुभव र रुचि नभएको स्वीकार गर्दै, उक्त जिम्मेवारी दक्ष र युवा पुस्तालाई हस्तान्तरण गर्न माग गरेका छन् । पद र शक्तिमा टाँसिइरहने प्रवृत्तिका बीच शाहीको यो निर्णयले नैतिकता र मेरिटोक्रेसी (योग्यता प्रणाली) को बलियो उदाहरण प्रस्तुत गरेको छ । विशेषगरी डोल्पा जस्तो भौगोलिक रूपमा विकट तर राजनीतिक रूपमा सचेत क्षेत्रबाट आएका नेताले युवा नेतृत्वको वकालत गर्नुले पार्टीभित्र पुस्तान्तरणको मुद्दालाई थप बल पुर्याएको छ । यसले आगामी दिनमा अन्य नेताहरूलाई पनि आफ्नो क्षमता र रुचिका आधारमा मात्र जिम्मेवारी लिन प्रेरित गर्ने देखिन्छ । भदौ २३ र २४ पछि फागुन २१ मा भएको निर्वाचन पछि पूराना दलका नेताहरुले समेत नयाँ दलकै शैलिमा युवाका कुरा पार्टीमा राख्दै आएका छन ।

हंश बहादुर शाही
नेता : नेपाली कम्युनिष्ट पार्टी