
डोल्पा : डोल्पाको जिउँ खोरखोला सड्क निर्माण सयम अगावै सम्पन्न हुने भएको छ । त्रिपुरासुन्दरी नगरपालिका ३ मा पर्ने जिउँ खोरखोला सड्क निर्माण व्यावसायीले निर्माणको समय अगावै निर्माण कार्य सम्पन्न गर्ने भएको छ । जिटी कन्ष्ट्रक्सन सुर्खेतले २ बर्ष सम्म समयाअबधि भित्र निर्माणको जिम्मा पाएको उक्त सड्क निर्माण गर्ने समय बाँकी रहदै सड्क निर्माण सम्पन्न गर्न लागेको हो । पूर्वाधार बिकास कार्यालय डोल्पाद्धारा निर्माण गराएको जिउँ खोरखोला सड्क जिउँवाट ठुलीभेरी नगरपालिकाको जुफाल र जिउँवाट त्रिपुरासुन्दरी नगरपालिका ४ को रँग जोडिने करिव ८ किलो मिटर लामो सड्क हो ।

कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको बजेटमा निर्माण थालिएको यो सड्क जिटी कन्ष्ट्रक्सन सुर्खेतले कुल रकमको ४ करोड ४५ लाखमा २०८१ साल असार १८ गते पूर्वाधार बिकास कार्यालय डोल्पामा निर्माणको लागि सम्झौता गरेको पूर्वाधार बिकास कार्यालय डोल्पाका प्रमुख टेक हितानले जानकारी दिए । कार्यालय प्रमुख हितानका अनुसार जिटी कन्ष्ट्रक्सन सुर्खेतले जिउँ खोरखोलाको सड्क निकै रफ्तारमा काम गरेको र कडा चट्टानहरु सवैमा ब्रेकरले नै सड्क तयार पारेको बताए । निर्माण व्यावसायीले निर्माणको समय अगावै सड्क सम्पन्न गर्ने तयारी रहेको देखेर निकै खुसि भएको र कार्यालयको राम्रो प्रगतिको सुरुवात पनि भएको भन्दै हितानले खुसि ब्यक्त गरे ।

त्रिपुरासुन्दरीको रंग देखी सुँ,जिउँ हुदै ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल जोडीने यो सड्क निकै चासोको बिषयमा हेरिएको छ । कृषकलाई बजारसँग जोडेर यातायातलाइ सहज बनाएकोमा पूर्वाधार बिकास कार्यालय प्रति स्थानीयहरुले धन्यवाद दिदै खुसि ब्यक्त गरे । स्थानीयहरुले भनेका छन ट्रयाक त खुल्यो तर पनि सड्क ढुक्कले चल्ने र सधै चल्ने बनाउन सरकारले ध्यान दिन पर्ने बताउछन । जिटी कन्ष्ट्रक्सन सुर्खेतका आयोजना पदाधीकारी बल बहादुर ओलीले ट्रयाक जोडि सकेको तर केहि ग्रेड मिलाउन बाँकी रहेको र गाडी गुड्नेगरी सड्क निर्माण गरेर जिम्मा लगाउने प्रतिबद्धता जनाएका छन । यो सड्क निर्माण सम्पन्नको अन्तिम मिति यहि असार मसान्त २०८३ सम्म रहेको छ ।
