
बैशाख २२,
डोल्पा : डोल्पाका यार्सागुम्वा पाउने पाटन खुल्ने भएका छन । जेठ १० गते जिल्लाका सवै यार्सा पाटन सर्वसाधारणका लागी खुला गरिने भएको हो । मंगलवार डोल्पा सदरमुकाम दुनैमा बसेको जिल्लाको सर्वपक्षिय सर्वदलिय बैठकले डोल्पाका सवै नागरिकको समस्या र अस्थालाई हेर्दै जेठ १० गते यार्सागुम्वा पाउने सवै पाटनहरु खुला गर्ने निर्णय गरेको जिल्ला समन्वय समिति डोल्पाका प्रमख श्याम बहादुर रोकायाले जानकारी दिए । प्रमुख रोकायाकाले भने हामिले जिल्लाको बैठकवाट नागरिकले दुख नपाउने र मनग्य आम्दानी लिन पाउन भन्ने हेतुले जेठ १० गते निर्ण गरेका हौँ । 
डोल्पा जिल्लामा दुई किसिमका बनहरु रहेका छन । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अन्तरगत पर्ने सामुदायीक बन र डिभिजन बन कार्यालय अन्तरगत पर्ने सामुदायीक बनहरु । जिल्लाका सयौँ यार्सा पाउने पाटनहरु एकै साथ खुल्ने र बन कार्यालयले नियमानुसार सामुदायीक बनको अगुवाईमा प्रबेश शुल्क काटेर बन खुला गर्ने डिभिजन बन कार्यालयका प्रमुख जितेन्द्र महतले जानकारी दिए । महतले भने बनको नियमा र ऐन कानुन अनुसार सामुदायीक बनले यार्सा संकलनका लागी प्रबेश शुल्क लिनेछन तर राजश्वको हिसाव कार्यालयले सामुदायिक बनसंग गर्छ बदमासी गर्न पाईदैन ।

त्यसै गरी शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगत रहेका बनहरुमा भने प्रबेश शुल्क तिन वर्गमा तय गरी लिने गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रका नागरिकका लागी ५ सय,डोल्पा जिल्लाका नागरिकका लागी २ हजार र जिल्ला बाहिरका नागरिकका लागी ३ हजार प्रबेश शुल्क लिने गरेको छ । यसवाहेक यार्सापाउने सामुदायीक बनले सेवा शुल्क वापत छुट्टै थप ५ सय रुपैया सम्म लिन पाउने व्यवस्था पनि निकुञ्ज अन्तरगतका सामुदायीक बनको कानुनी प्राबधान रहेको छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका पाटनका हकमा जेठ ५,६ र ७ गते प्रबेश रसिद काटिने र ८ र ९ गते वाटो म्याद राखी १० गते पाटन खुला गर्ने निर्णय भएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष नर बहादुर बस्नेतले जानकारी दिए । उनले भने नागरिकले १० गते नै पाटन पुग्ने मिति अलि कष्टकर हुने भएकाले ८ गते नै पाटन पुगे पनि वास र दाउराको व्यवस्था गरेपछि १० गते पाटन समान रुपमा एक साथ खुला गर्नेगरी तयारी गरेका छौ ।

जेठको १० गते खुला भएका शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तरगतका बनहरु भने एक महिनाका लागी मात्रै खुल्नेछन । ३० दिनका लागी सर्वसाधरणका लागी खुला हुने यार्सा पाटन असारको १० गते पछि भने फेरी एक बर्षका लागी बन्द हुने शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत बिज्ञान सेन ओलीले जानकारी दिए । ओलीले भने यार्सागुम्बा संकलन गर्दा पाटनहरुमा निकुञ्जको नियम कानुन भन्दा बाहिरका गतिविधी गरेको खण्डमा कारवाही समेत हुने भएको हुदा सचेत नागरिकको पहिचान सहित यार्सागुम्ब संकलन गर्न सवैलाइ आग्रह समेत गरे । एक ब्यक्तिले एक पटक प्रबेश रसिद काटेपछि शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रका सवै पाटनहरुमा निर्वाध रुपमा यार्सा संकलन गर्न पाउनेछ । यदि कतै रुकावट आए वा दोहोरो रसिद लिन खोजेमा कार्यालयले कारवाही समेत गर्ने ओलीले बताए ।

निकुञ्ज प्रशासनका अनुसार पाटन क्षेत्रमा गस्तीका लागि सुरक्षाकर्मी परिचालन भइसकेका छन्। आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग परिचालन गरिनेछ। तोकिएको समयभन्दा अगावै पाटन क्षेत्रमा पुगे कारबाही गरिने चेतावनी दिइएको छ भने कानुन बमोजिम कारवाही समेत हुनेछ । जिल्लाको बैठककले जेठ १० गते सवै यार्सा पाटन खुला गर्ने भनेपनि ति यार्सा पाटन कसरी चोरीवाट बचाउने भन्ने बारे भने सामुदायीक बनले नै जिम्मा लिनुपर्ने भएको छ । सुरक्षा देखी अन्य बन्दोवस्तिका कुरा सम्बन्धीत सामुदायीक बनले गर्नेछ ।
डोल्पामा हरेक वर्ष यार्सागुम्बा सिजन सुरु भएसँगै डोल्पा, रुकुम पश्चिम, जाजरकोटलगायत जिल्लाबाट हजारौं सर्वसाधारण जोखिमपूर्ण हिमाली यात्रा गर्दै डोल्पाका उच्च पाटन पुग्छन र बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने गर्दछन । अघिल्ला बर्षको तुलनामा बाहिर जिल्लावाट यार्सागुम्बा संकलनका लागी डोल्पा आउने नागरिकको संख्या भने घट्दो क्रममा रहेको छ । जेठको १० गते देखी करिब एक महिना डोल्पाका नागरिक हिमाली बुकि पाटनमा पाल तथा ओडार र गोठमा बिताउनेछन ।