जुफाल गाउँमा ट्याक्टर र एम्बुलेन्स दुर्घटना

जैतुन अनलाइन | २०८३ बैशाख १ गते मङ्गलवार

डाेल्पा : डाेल्पाकाे ठुलीभेरी नगरपालिका- ७ मा जुफाल गाउँमा ट्याक्टर र एम्बुलेन्स दुर्घटना भएकाे छ । चैत ३० गते साेमबार राति जुफाल बजार देखि माझफाल तिर जाँदै गरेकाे रा १ त २८४८ नम्बरको ट्याक्टर घुम्तीमा सडकमै पल्टिएर दुर्घटना भएकाे हाे ।

यस्तै उक्त ट्याक्टर दुर्घटना भएकै स्थानमा नेपाल भारत सहयाेग ०१९५ नम्बरको एम्बुलेन्स पनि दुर्घटना भएकाे छ। माझफाल स्वास्थ्य चाैकीकाे एम्बुलेन्स जुफाल देखि माझफाल जाने क्रममा ट्याक्टर दुर्घटना भएकै स्थानमा दुर्घटना भएको हाे। ट्याक्टर पल्टिएको साँगुराे बाटाेमा एम्बुलेन्स पास गर्ने क्रममा माेड नपुगेर सडक देखि तल खेतमा पल्टिएको हाे। एम्बुलेन्स र ट्याक्टर चालक सहित केही मान्छेहरु सकुशल रहेकाे जनाइएको छ।

सडकको ग्रेड र घुम्तीहरुमा माेड नमिलेकाे कारण जुफाल- माझफाल सडक खण्डमा प्रायः दुर्घटना भैरहेकाे स्थानीयले बताएका छन।