चैत्र ०८,
डाेल्पा : नेपाल लाइफ इन्स्योरेन्स डाेल्पा उपशाखाकाे आयाेजनामा अभिकर्ता पूनर्ताजगी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ। नयाँ अभिकर्तालाई बिमा सम्बन्धि सिकाइ र काम गरिरहेका अभिकर्तालाई पूनर्ताजगी गर्ने उदेश्यले उक्त कार्यक्रम संचालन गरिएको हाे। शनिबार सदरमुकाम बजार स्थित जिल्ला समन्वय समिति डाेल्पाकाे सभा हलमा भएकाे अभिकर्ता अभिमुखीकरण कार्यक्रम जिल्ला स्थित अभिकर्ताहरुकाे उल्लेखनीय सहभागीता रहेकाे थियाे ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश प्रमुख अनन्त अधिकारीले डाेल्पा जिल्लामा रहेका अभिकर्ताहरुलाई बिमा भनेकाे के हाे..? बिमा कसरी गर्ने, बिमा कस्ता कस्ता हुन्छन्..? बिमा अनिवार्य किन छ..? बिमा भुक्तानी गर्दाका प्रक्रियाहरु..? बिमा कम्पनीले बिमितलाई दिने सेवा सुविधा र बिमा सम्बन्धि ऐन कानुन लगाएतका विमा सम्बन्धि विभिन्न बिषयमा जानकारी गराएका थिए। नेपाल लाइफ कर्णाली प्रदेश प्रमुख अधिकारीले अभिकर्ताहरुले उठाएका जिज्ञासाकाे जवाफ दिएका थिए। नेपाल लाइफ इन्स्योरेन्स डाेल्पा उपशाखा अन्तरगत जिल्लामा करिब २ सय अभिकर्ता रहेकाे उपशाखा डाेल्पाका प्रमुख पदम बहादुर शाहीले बताएका छन।

जिल्लामै व्यवस्थित कार्यालय संचालन गरेर बिमितका काम भैरहेकोले नेपाल लाइफ प्रति विश्वास बढ्दै गएकाे शाहीले बताए। अरु सबैको मूल्य हुन्छ तर मानिसकाे जीवन अमुल्य भएकाे हुदा जीवन रहदा आफू र जीवन पछि आफन्तकाे लागि बचत संगै सुरक्षा हुने भएकाे हुदा सबैलाई बुझाएर बिमा संकलन गर्न अभिकर्ताहरुलाई उनले आग्रह गरेका छन। नेपाल लाइफ इन्स्योरेन्स डाेल्पा उपशाखाले सदरमुकाम दुनै बजार बाटै बिमा सम्बन्धि सम्पुर्ण कामहरु गर्दै आइरहेको छ।