भेत्ती खोलाको सिमानामा ठुलीभेरीले ऐतिहासिक प्रवेशद्वार निर्माण गर्ने

जैतुन अनलाइन | २०८२ फाल्गुन २९ गते शुक्रवार

फागुन २९,

डाेल्पा : डाेल्पाकाे ठुलीभेरी नगरपालिकाले भेत्ती स्थित सिमानामा ऐतिहासिक प्रवेशद्वार निर्माण गर्ने भएको छ। ठुलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाकाे सिमानामा पर्ने भेत्ती खाेलामा ठुलीभेरी नगरपालिकाको गौरव र पहिचानलाई थप उचाइमा पुर्‍याउन तथा नगरपालिकाको सिमानालाई व्यवस्थित गर्ने उद्देश्यका साथ ऐतिहासिक प्रवेशद्वार निर्माण प्रक्रिया अगाडि बढेको ठुलीभेरी नगरपालिका डाेल्पाका नगर प्रमुख सुवर्ण कुमार बुढाले जानकारी दिएका छन।

नगरको सिमाना स्पष्ट रूपमा छुट्टाउने गरी निर्माण गरिने यो प्रवेशद्वारले नगरपालिका भित्र प्रवेश गर्ने स्थानीय बासिन्दा, आन्तरिक तथा बाह्य पर्यटकलाई आत्मिय र न्यानो स्वागत गर्दै ठुलीभेरी नगरपालिकाको आफ्नै मौलिकता र सौन्दर्यको समेत झझल्को दिने नगर प्रमुख बुढाले बताए। याे सडक भेरी करिडोरमा पर्ने भएकाे हुदा सडक निर्माणकाे लागि सम्बन्धित कार्यालयलाई खबर दारी गर्दै, नगरको चौतर्फी विकास र सुन्दरताका लागि निरन्तर प्रतिबद्ध रहेकाे पनि उनले बताएका छन। ​

शुक्रबार नगर प्रमुख सुवर्ण कुमार बुढाकाे नेतृत्वमा त्रिपुरासुन्दरी नगरपालिका र ठुलीभेरी नगरपालिकाको सिमाना पर्ने “भेत्ती” मा प्रस्तावित निर्माण स्थलको विस्तृत स्थलगत अनुगमन तथा प्राविधिक निरीक्षण गरिएको छ। नगर प्रमुख बुढा सहित इन्जिनियर हिरा बहादुर बोहोरा, प्राविधिक शचन्द्रदेव बडु सहितकाे टालीले स्थलगत अनुगमन गरेका हुन।