
फागुन १४,
जगदुल्ला : नेकपा (एमाले) डोल्पा की उपसचिवले आफु पार्टीमै रहेको भन्दै प्रेस बिज्ञप्ती जारी गरेकी छिन । नेकपा (एमाले) जिल्ला कमिटी डोल्पा पार्टि उपसचिव जुनी बुढाले नेपाली कम्युनिष्ट पार्टीले भ्रम फैलाउन आफ्नो नाम समेत पार्टी प्रबेशको लिष्टमा राखेको भनी भर्तसना गर्दै प्रेश बिज्ञप्ती जारी गरेकी छिन । बुढाले लेखेकी छिन फागुन १३ गते जगदुल्ला गाउँपालिकामा भएको नेकपाको चुनावी कार्यक्रममा आफु उपस्थित पनि नभएको र आफ्नो अनुमति बिनै नाम पार्टी प्रबेशको लिष्टमा राख्नु गैर जिम्मेवारी कार्य गरेकोले यस्ता बिचार हिन काम नगर्नुका साथै व्यक्तिगत चरित्र हत्याका क्रियाकलाप रोक्क आग्रह गरेकी छिन ।

उपसिचव बुढा भन्छीन म नेकपा (एमाले) मै छु दिएको जिम्मेवार पदमै छु सैद्धान्तिक नै रहेकोले नेकपा (एमाले)मा आवद्ध कुनैपनि नेता तथा कार्यकर्ताहरु भ्रममा नपर्नहोस । जगदुल्लाको कार्यक्रममा नेकपाले आफु सहित अन्य केहि ब्यक्तिहरुको समेत बिना अनुमति नाम राखेर गलत प्रचार गरी समाजमा भ्रम फैलाएको उनको आरोप छ । बिचारको राजनिति गर्न र समाजमा गलत भ्रम नफैलाउन नेकपालाइ आग्रह समेत गरिएको नेकपा (एमाले) जगदुल्ला गाउँपालिका कमिटी अध्यक्ष कमल बहादुर रोकायाले बताए ।
रोकायाले भने जो कोहि पनि कुनै दलमा आस्था राख्न सक्छ र पाउछ तर उस्को अनुमति र बिचार बिना जवरजस्ती लाद्नु मतदाता र जनताको अपमान हो यस्ता कार्य कसैले नगरौँ । पछिल्लो समय घरदैलोमा पुगेका दलका उम्मेदवारहरुले पार्टी प्रबेश गराउने कार्य तब्र बनाई रहेका छन । डोल्पामा ६ उम्मेदवार चुनावी मैदानमा भएपनि प्रमुख ३ दल नेपाली काँग्रेस,नेकपा (एमाले),नेपाली कम्युनिष्ट पार्टी प्रमुख प्रतिश्प्रर्धामा रहेका छन ।