4G सेवा पाउने पहिलो वस्ती छेप्का : माथिल्लो डोल्पामा पर्ने ३ स्थानीयतहमा अझै पुगेन 4G सेवा

जैतुन अनलाइन | २०८२ कार्तिक २८ गते शुक्रवार

कार्तिक २८,

डोल्पा : नेपाल टेलीकमले आफुले प्रदान गर्दै आएको सञ्चार सेवाको पहुच विस्तारमा तिब्रता दिदै आएको छ । नागरिकलाइ सञ्चारको पहुच भित्र ल्याउने सरकारको लक्ष्यसँगै नेपाल टेलीकमले द्रुत गतिमा सेवा बिस्तार गरि रहेको हो । डोल्पाका माथिल्लो क्षेत्रमा पर्ने ३ वटा स्थानीय तहमा नेपाल टेलीकमको मोवाईल सेवा पुगेपनि 4G सेवा भने पुगेको छैन । 4G सेवाको सेवा लिने छेप्काका नागरिक पहिलो माथिल्लो डोल्पाका स्थानीय तहका नागरिमा परेका हुन ।

माथिल्लो डोल्पाका ३ स्थानीय तह शे-फोक्सुण्डो गाउँपालिका,डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका सवै क्षेत्रमा टेलीकमले मोवाईल सेवाको पहुच पुर्याएको छ ।  मोवाईल सेवा पुगेपनि 4G सेवा पाउने शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर ८ को छेप्का वस्ति पहिलो वस्ति भएको दुरसञ्चार कार्यालय डोल्पाका टेलीकम प्राबिधिक नवराज भट्टराईले बताए । टेलीकम प्राबिधिक भट्टराईले भने देशभरमा ४ स्थानीय तह मात्रै हुन 4G सेवा सेवा नपुगेका ति मध्यक्ष ३ वटा स्थानीय तह डोल्पाका रहेको र छेप्का पहिलो वस्ति हो जहाँ 4G सेवा पुग्यो जो माथिल्लो डोल्पामा पर्ने स्थानीय तहको एक वस्ति हो ।

महगो शुल्क तिरेर प्राईभेट कम्पनीको ईन्टरनेट चलाउदा निकै कठिन थियो अब नेपाल टेलीकमको 4G सेवा चलाउन पाईयो निकै खुसिको कुरा भएको पर्यटन व्यावसायी नोर्वु लामाले सुनाए । लामा भन्छन सानो बस्ति छ तर 4G सेवा हामिले पालिका भरमा पहिले लिन पायौ तर घर भित्र त्यति काम गर्दैन मोवाईल चल्छ सवै खुसिछन । यो सेवा बिस्तारमा जो जस्ले सहयोग गर्नुभयो निकै आभारी भएको र थप बाँकी रहेको क्षेत्रमा पनि छिट्टै बिस्तार गरिदिन लामाले अनुरोध गरे ।

माथिल्लो डोल्पाका ३ स्थानीयतहमा 4G सेवा प्रदान गर्न  न्युनतम १०० एमबिपिएस र अधिकतम १० जिबिपिएस लिङ्क चाहिने नेपाल टेलिकमको प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर डाक्टर कमल लामिछानेले बताए । लामिछानेले भने   नेपालको आफनै स्याटलाइट नहुदा अरु देशका प्रयोग गर्नु परेको बताए । प्रति एमबिपिएस लिङ्क डाटा अत्याधिक महगो पर्ने भएकोले माथिल्लो डोल्पामा 4G सेवा दिन नसकिएको  माथिल्लो डोल्पाका सवै टावर स्याटलाइट लिङ्कमा जोडीएका छन 4G सेवाको सेवा पाउने माथिल्लो डोल्पाका स्थानीयमा छेप्का वासि परेकाले निकै खुसि लागेको लामिछानेले खुसि ब्यक्त गरे ।