त्रिपुरासुन्दरीमा उपमेयर कार्यक्रमवाट,एक हजार १३ जना बालबालिकालाई झाेला वितरण

लेख बुढा | २०८२ कार्तिक २८ गते शुक्रवार

कार्तिक २८,

त्रिपुरासुन्दरी : डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिकामा उपमेयर कार्यक्रम अन्तरगत बालबालिकाहरुलाई झाेला वितरण गरिएको छ। नगरपालिकाका ११ वटा वडाका २९ वटा सामुदायिक विधालयमा कक्षा १ देखि ३ सम्म अध्ययनरत एक हजार १३ जना बालबालिकालाई विधालयमा पाठ्यपुस्तक बाेक्न प्रयाेग गरिने झाेला वितरण गरिएको  त्रिपुरासुन्दरी नगरपालिका डाेल्पाकी उपप्रमुख देवि घर्तीले बताएकी छिन।

उपप्रमुख घर्तीका अनुसार उपमेयर कार्यक्रम अन्तरगत अन्य जेष्ठ नागरिक सहित विभिन्न कार्यक्रम गरिएको छ। यसै क्रममा नगरपालिका भित्र कक्षा १-३ सम्मका सबै बालबालिकालाई समान रुपमा झाेला वितरण गरिएको छ। झाेला वितरण कार्यक्रमले आधारभूत तहमा अध्ययनरत बालिकालाई विधालयमा नियमित उपस्थित गराउन र भर्ना अभियानलाई सपाेर्ट हुने गरि  भर्नादर बृद्वि हुने बिश्वास रहेकाे उपप्रमुख घर्तीले बताएकी छिन। हाम्रो समाजमा चेतनाकाे विकास हुनकाे लागि सबैभन्दा महत्व शैक्षिक गुणस्तरमा ध्यान दिन आवश्यक रहेकाेले नगरपालिकाले शिक्षालाई प्रथामिकताकाे साथ काम गर्ने उपमेयर घर्तीले बताइन।

नगरपालिका भित्र रहेका सामुदायिक विधालयहरुमा केके समस्या छन ती सबै जिम्मेवार निकाय मार्फत नगरपालिकामा माग पेश सुझाव दिएकाे भन्दै क्रमस आवश्यकता अनुसार समस्याहरु समाधान हुने उनले बताएकी छिन। शुक्रबार उपमेयर घर्तीले त्रिपुरासुन्दरी नगरपालिका वडा नं. १० मा पर्ने श्री जनप्रभा साधारण तथा प्राविधिक माध्यामिक विधालय लिकुमा कक्षा १-३ सम्म अध्ययनरत बालबालिकालाई झाेला हस्तान्तरण गरेकी छिन। झाेला वितरण पछि उपप्रमुख घर्तीले विधालयकाे भाैतिक संरचनाकाे अवलोकन गरेकी छिन। लिकु स्थित जनप्रभा साधारण तथा प्राविधिक मावि मा कक्षा १ देखि १२ सम्म गरि ५ सय ७२ जना भन्दा बढि बालबालिका रहेका छन।

जनप्रभा मावि लिकुका प्रधानाध्यापक तेज बहादुर गिरीले झाेला वितरण गरेर बालबालिकाकाे पढ्ने हाैसला बढाएको भन्दै उपप्रमुख घर्तीलाई धन्यवाद व्यक्त गरेका छन। डाेल्पामै इतिहास बाेकेकाे जनप्रभा मावि बत्ति मुनिकाे अध्याराे झै पुराना फाटेका संरचनामा अध्ययन अध्यापन गरिरहेकाे हुदा पुन निर्माण तथा नयाँ भाैतिक संरचना निर्माणको लागि पहल गरिदिन प्रअ गिरीले नगरपालिकालाई अनुरोध गरेका छन।