यार्सापाटन देखी फोक्सुण्डो ट्रेल र दुई पालिकाका ३ वडा सञ्चारको पहुचमा बिस्तार

जैतुन अनलाइन | २०८२ कार्तिक २८ गते शुक्रवार

कार्तिक २८,

डोल्पा :  डोल्पाको यार्सापाटन देखी फोक्सुण्डो ट्रेल र दुई पालिकाका ३ वडा सञ्चारको पहुचमा जोडीका छन ।  ठूलीभेरी नगरपालिकाको वडा नम्बर १०,११ र शे–फोक्सुन्डो गाउँपालिकाको वडा नम्बर ८ को छेप्का रेचिको वस्ति नेपाल टेलीकमको मोलाइल सेवाको पहुचमा जोडीएका हुन । ठुलीभेरी नगरपालिका १० को मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर सञ्चालनमा आएसँगै वर्षौँदेखि सञ्चार सुविधाबाट वञ्चित रहेका यस क्षेत्रका नगरिकले सेवा लिन पाएका छन । बिहिवार देखी नेपाल टेलीकमले मिदग्ती लेकमा निर्माण गरिएको टवार संचालनमा ल्याए देखी फोक्सुन्डो ट्रेलको साङ्टा,छेप्का हुदै रेचि सम्म, दर्जन भन्दा धेरै यार्सा पाटन र आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएको दूरसञ्चार कार्यालय डोल्पाका टेलीकम प्राविधिक नवराज भट्टराईले जानकारी दिए ।

टेलीकम प्राविधिक नवराज भट्टराईका अनुसार टावर बनेसँगै सुलिगाड स्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्रमा पनि यो टावरले राम्रो काम गरेको बताए । फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्कामा पनि फोरजी टावरले काम गरेको पर्यटन व्यवसायी नोर्बु लामाले जानकारी दिए ।‘भित्र सानो फोनमा मात्रै आउँछ । घरबाहिर भने फोन, इन्टरनेट दुवैले राम्रो काम गरेको छ,’ गुरुङले भने । ‘यो हाम्रो लागि खुसीको कुरा हो अब एउटा टावर छेप्का र रेँची बीचमा राख्न पहल भइरहेको बताए । शे–फोक्सुन्डो गाउँपालिकाको रेचिमा वडा नम्बर ९ को पुग्मो सम्म सेवा विस्तार हुनेगरी नेपाल टेलीकमको टावर राख्न वडा अध्यक्षले स्थानीयको माग सहित मुख्यमन्त्री यामलाल कंडेललाइ ज्ञापन पत्र बुझाएका छन ।

कार्तिक १९ गते पदयात्रा गर्दै २० गते फोक्सुण्डो ताल पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेललाइ रिग्मोका स्थानीयले सञ्चारको सेवा बिस्तार देखी अन्य माग राख्दै ज्ञपान पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझदै मुख्यमन्त्री कंडेलले भनेका थिए हामीले पनि पूर्ण रुपमा सञ्चार बिहिन क्षेत्रको महसुस गरेका छौ र सकेसम्म छिट्टै सेवा प्रदान गर्नेगरी लाग्ने प्रतिबद्धता जनाएका थिए । मुख्यमन्त्री कंडेलका प्रमुख स्वकिय सुर्यमनि गौतमले सञ्चार मन्त्री जगदिस खरेललाई वर्डलिङ्कको ईन्टरनेटवाट त्यसक्षेत्रको सञ्चार बिस्तारका लागि पहल गरिदिन आग्रह गर्दै स्थानीयसँ मन्त्रीलाइ नै गुनासो सुनाएका थिए ।

नेपाल टेलिकमको प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर डाक्टर कमल लामिछानेले डोल्पालाइ पहिलो प्राथमिकता राखेर नेपाल टेलीकमको सेवा बिस्तार गरि रहेको र सोहि अनुसार बिहिवार देखी यो टावर संचालनमा आएको बताए । मिदग्ती लेकमा निर्माण गरिएको नेपाल टेलिकमको इन्टरनेटसहितको फोरजी टावर सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीय खुसि भएका छन ।

मुख्यमन्त्री यामलाल कंडेल योस्तो लेख्छन । जस्ताको तस्तै पढ्नुहोस

गत साता नेपालकै प्रमुख ट्रेकिङ्ग गन्तव्य दुनै देखि फोक्सुण्डो सम्मको यात्राको क्रममा स्थानीय वासिन्दा, होटल तथा पर्यटन व्यवसायी र पर्यटकहरूले टेलिफोन तथा इन्टरनेट असुविधाबारे ठाँउ-ठाँउमा मौखिम तथा ज्ञापन -पत्रवाट ध्यानाकर्षण गराउनु भएको थियो। यात्राको क्रममा हामीले पनि यो विषयलाई निकै महशुस गरेका थियौँ। ठुलीभेरीको रहमा केहि प्राविधिक कारणले बिटिएस संचालन नहुँदा त्यस क्षेत्रको संचार अरूवद्व भएको रहेछ। त्यहाँको आवश्यकतालाई मध्य नजर गर्दै नेपाल टेलिकमको प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर डाक्टर कमल लामिछानेजीसँग यात्राकै क्रममा सम्पर्क भयो। उहाँ तथा मातहत कार्यालय डोल्पा टेलिकमको तीब्र सक्रियतामा हिजो साँझदेखी दुनैको छेप्का आसपास तथा यर्सा पाटनसहित केहि भागहरूमा मोवाईल तथा 4G सेवा सुचारू भएको छ। फोक्सुण्डो ताल वरिवरि 4G संचालनको लागि अव रैचीमा अर्को बिटिएस जडानको लागि सम्बद्व संचार तथा सूचना प्रविधि मन्त्रालयमा ध्यानाकर्ण गराइएको छ। चालु आर्थिक वर्षको चैत्र/ बैशाखसम्म त्यहाँ बिटिएस जडान गर्ने प्रतिवद्वता जनाउनु भएको छ।
बर्षोदेखि संचार सुविधाबाट बंचित त्यस क्षेत्रमा संचार पँहुच पुर्याउने सक्रियता र समन्वयका लागि मन्त्रालय तथा नेपाल टेलिकमका प्रदेश तथा डोल्पा टेलिकमलगायत सबैलाई धन्यवाद।