
कार्तिक २४,
डोल्पा : जेन्जी आन्दोनमा भागेका कैदी डोल्पामा पक्राउ परेका छन । काठमाण्डौमा कैद भुक्तान गर्दै गरेका कैदि आन्दोलनका क्रममा भागेर डोल्पा पुगेपछि नेपाल प्रहरीले पक्राउ गरेको हो । रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका २ मैकोट स्थायी घर भएका बर्ष अन्दाजी ३० का बबि भनिने बिर बहादुर बिक भदौ २३ र २४ गतेको आन्दोलनका बेला फरार भएका थिए । फरार बिकलाइ रुकुम पूर्ववाट डोल्पाको ठाँगे लेक भएर दुनै आएको सूचना पाएपछि नेपाल प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक रुक बहादुर खड्गाले जानकारी दिए ।
डिएसपी खड्गाका अनुसार फरार बिक जवरजस्ती करणी मुद्धामा १२ बर्ष कैद र ४ लाख जरिवाना रुकुम पूर्व जिल्ला अदालतले २०८२ फागुन २ गते फैसला गरेको र उनले जगन्नाथदेवल कारागार कार्यालय काठमाण्डौमा कैद भुक्तानी गरी रहेका बताए । जेन्जी आन्दोलनमा उनि कारागार वाट फरार भएर रुकुम पूर्व हुदै डोल्पा आएपछि नेपाल प्रहरीले पक्राउ गरी थप आवाश्यक कानुनी कारवाहीको लागि सोमवार जिल्ला कारागार डोल्पामा बुझाईएको डिएसपी खड्गाले जानकारी दिए । जेन्जी आन्दोलनमा फरार रहेका कैदीहरुको खोजि कार्य नेपाल प्रहरीले निरन्तर गरि रहेको छ ।
