
कार्तिक २४,
डोल्पा : नेपाल टेलिकमले जेन्जी विद्यार्थीहरूका लागि नेपाल टेलिकमको FTTH मा छुट दिएको छ । पछिल्लो समय नेपाल टेलीकमले आफुले प्रदान गर्दै आएको सेवामा बिभिन्न खाले छुट दिदै आएको छ । नेपाल टेलिकमको ‘विद्यार्थी अफर’ दिदै हरेक सेवामा सहज र सस्तो बनाएको छ । High Speed Internet- Fiber Internet अब अझ सस्तो! विद्यार्थी जीवनलाई अझ सहज र डिजिटलाइज्ड बनाउन नेपाल टेलिकमले ल्याएको छ विशेष NT FIBER विद्यार्थी अफर! अब बिद्यार्थीको पढाइ होस् या मनोरञ्जन, बिना कुनै रुकावट होस भन्ने लक्ष्य हो।

अफरका मुख्य विशेषताहरू: ब्यान्डविथ: 30 Mbps को उच्च गतिको इन्टरनेट ! FUP प्रति दिन: दैनिक 25 GB FUP, जसले तपाईंलाई पर्याप्त डाटा प्रदान गर्दछ। थ्रोटलिंग स्पिड: FUP पछि पनि 5 Mbps को स्पिडमा इन्टरनेटको मज्जा लिनुहोस्। प्याकेजको Validity: पूरा १ वर्षको लागि ढुक्क हुनुहोस्। मूल्य: मात्र रु. ४,९९९/- मा (करसहित)। Offer को साथमा थप बोनसहरू: · १ थान Dual Band CPE निःशुल्क। · बढीमा १०० मि. ड्रप फाइबर निःशुल्क लिन पाउनेछन ।
जेन्जी विद्यार्थीहरूका लागि नेपाल टेलिकमको FTTH मा छुट लिनका लागि संलग्न गर्नुपर्ने कागजात: · आवेदन फारमका साथ Valid Student ID Card · वि. सं. २०५४ साल वा पछि जन्मेका विद्यार्थीहरूका लागि मात्र अफर लागु हुने भएकाले स्पष्ट जन्ममिति खुल्ने प्रमाण (Birth Certificate/ Citizenship) · नाबालिगका हकमा अभिभावकको Citizenship/License/Passport काे प्रतिलिपी अफर अवधि र जडान सम्बन्धी जानकारी: · अफरका लागि आवेदन दिनुपर्ने छ ।

आवेदन दिने समय २०८२ माघ २२ सम्म मात्र रहेको छ। सो अवधिभित्र सेवा जडान गर्नका लागि 198 मा सम्पर्क गरी आवेदन दिन सकिने . जडान शूल्क ५०० रुपैयाँ मात्र Terms and Conditions: · Validity सकिएपछि पुनः यही प्याकेजमा Renewal गर्न नपाइने; सेवा निरन्तरता चाहनेले साविकका प्याकेजहरू मध्येबाट छनोट गर्नुपर्ने छ र नवीकरण गर्न नचाहेमा उपलब्ध गराइएको CPE फिर्ता गर्नु पर्नेछ।