लागुऔषध मुद्दामा पक्राउ परेका थुनुवाको मृत्यु

जैतुन अनलाइन | २०८२ कार्तिक २१ गते शुक्रवार
कात्तिक २१,
सुर्खेतः 
सुर्खेत कारागारमा एक थुनुवाको मृत्यु भएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका उनको आज बिहान मृत्यु भएको हो । वीरेन्द्रनगर-११ पिपिरा सुर्खेतका गंगे सुनार जिल्ला प्रहरी कार्यालय सुर्खेतकाे हिरासतमा आज विहान ६ बजे अर्धअचेत अवस्थामा भेटिएका थिए ।
उपचारकाे क्रममा उनकाे प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको सुर्खेत प्रहरीले जानकारी दिएकाे छ । हिरासत कक्षमा जडान गरिएकाे सीसी क्यामरा हेर्दा गएराती सुतेका उनी विहान नउठेकाे देखिएकाे प्रहरीले बताएकाे छ ।