
कार्तिक १९,
डोल्पा : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यमलाल कँडेलले डोल्पाको दुनैमा बेलीबृज उद्धघाटन गरेका छन । सदरमुकाम दुनैको भेरी नदिमाथी निर्माण भएको कालिका मन्दिरवाट जिल्ला अस्पताल जाेड्ने ४८ मिटर लामो बेलिबृज पुल उद्घाटन गरेका हुन । कर्णाली प्रदेश सरकार भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्रालय मार्फत बिनियोजित बजेटबाट पूर्वाधार बिकास कार्यालय डोल्पाले ठुलीभेरी नदीमा निर्माण गरेको उक्त पुलको मुख्यमन्त्री कँडेलले बुधवार बिधिवत रुपमा उद्घाटन गरेकाहुन् ।
पुल उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सकारात्मक साेच र सामुहिक प्रयासले विकास गर्न सकिने बताए । बजेट पारेरमात्र विकास नहुने भएकाले त्यसकालागि आ-आफ्नो तर्फबाट सबै लाग्नुपर्ने र डाेल्पाकाे बिकासकालागि प्रदेश सरकार सधै तयार रहेकाे उनको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख श्याम बहादुर राेकायकाे अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भाैतिक पुर्वाधार तथा शहरी विकास मन्त्री मन्त्री शेर बहादुर बुढा पनि सहभागी भएका थिए । कार्यक्रममा बाेल्दै मन्त्री बुढाले बेलिब्रिज पुल निर्माणपछि अस्पतालमात्र नभई फाेक्सुन्डाे ताल पुग्ने पर्यटककालागि पनि धेरै सहज भएको बताए । मुल्य अभिबृद्धी करसहीत ४ करोड १७ लाखमा बनेकाे उक्त पुल जिल्लामै सबैभन्दा लामाे बेलिब्रिज पुल भएकाे र यसले जिल्ला अस्पताल सँगै हेलिप्याडसम्म सडक जाेड्ने भौतिक पुर्वाधार कार्यालय डोल्पाका प्रमुख टेक हितानले बताए ।
निर्माणको जिम्मा रिडार्क नेपालले लिएको हो । काम सुरु गरेको साडे पाँच महिनामै काम सम्पन्न भएको थियाे । ‘कार्यालयको चासो,समन्वय र सक्रियता भयो भने छोटो समयमै धेरै काम गर्न सकिन्छ भन्ने उदाहारणको रुपमा यो पुल बनेको छ ।’ उनले भने । जिल्ला सदरमुकामसम्म मोटरबाटो पुगेर पनि पुल नहुँदा दुर्गमजस्तै भएको जिल्ला अस्पताल अब भने यातायातको पहुँचमा सुगमहुने स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डाक्टर सिजन रावलले भनाई छ ।

त्यसैगरि मुख्यमन्त्री यामलाल कँडेलले आजै स्वर्गीय क्याप्टेन दिनेश न्याैपानेकाे सालिक समेत अनावरण गरेकाछन् । न्याैपानेकाे सालिक सदरमुकाम दुनैकाे प्रवेशद्वारमै बनाइएको छ । २०७२ सालमा कालिकोटमा भएकाे काष्ठमण्डप एयरकाे जहाज दुर्घटनामा आफू मरेर पनि नाै जना यात्रुहरुकाे ज्यान बचाएका थिए । क्याप्टेन न्याैपानेले जहाज दुर्घटना हुनु अघिनै यात्रुहरुलाई हामी मरेर पनि तपाईहरुलाई बचाउँछाै भनेर सान्त्वना दिएका थिए । जहाज दुर्घटनामा न्याैपाने सहित काे-पाइल सन्ताेस रानाकाे मृत्युु भयाे भने जहाजमा सवार सबै यात्रु बाँच्न सफल भए ।

उक्त दुर्घटना पछि न्याैपाने साहसिक पाइलटकाे रुपमा समेत चिनिन्छन् । बेलिब्रिज पुल र सालिक उद्घाटन कार्यक्रममा प्रदेशका प्रमुख सचिव बिरेन्द्र कुमार यादक सहित मन्त्रालयका सचिवहरु,जनप्रतिनिधिहरु,राजनीतिक दलका प्रतिनिधिहरु,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखरुकाे समेत सहभागीता रहेकाे थियाे ।
