
भदौ २६,
काठमाडौ : सांसद तथा पुर्व मन्त्री बुुढाद्वारा भावुक विज्ञप्ती,साहस रहुन्जेल जनताको सेवा गर्ने प्रतिबद्धता
डाेल्पा । डाेल्पाबाट २०७० यता लगातार दुई पटक निर्वाचित प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी विकास मन्त्री धन बहादुर बुढाले भावुक विज्ञप्ती सार्वजनिक गरेका छन । जेनजी समुहको नाममा अपराधीक गिराेहले केही दिन अघि पुर्ख्याैली सम्पत्ति र आफ्नै व्यवसायीक कमाइ गरेकाे परिश्रमबाट काठमाडौंकाे बाैद्वमा बनाएकाे घरमा आगजनी गरेर कराेडाैंकाे क्षति बनाएकाे जानकारी गाएका छन। कतैबाट परिचालित भई आफुलाइ कम्जोर पार्ने प्रयास गरेता पनि डाेल्पाली जनताको माया आशिर्वादले झन सचेत र बलियो भएकाे महसुस गरेकाे प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी बिकास मन्त्री धन बहादुर बुढाले बताएका छन। आफ्नाे साहास रहुन्जेल सबै डाेल्पाली जनताको सेवामा समर्पित हुने पनि प्रतिवद्वता जनाएका छन।
जेनजी समुहकाे नाम बेचेर सिधै आक्रमण गर्न आउने अपराधिक तत्वहरु छिट्टै कानुनी दायरामा आउने हुनाले यस घटनाबाट कुनैपनि बिचल्लीत नहुदा डाेल्पाली जनता तथा शुभचिन्तकलाई बुढाले आग्रह गरेका छन। डाेल्पाली जनताको सेवा र डाेल्पाकाे विकासकाे लागि सबै सचेत बाैद्विक बर्गहरु एकजुट सहकार्य हुन आवश्यक रहेकाेले सबै संग समन्वय गरिरहने पनि उनले बताएका छन।
प्रतिनिधि सभा सदस्य तथा पुर्व शहरी बिकास मन्त्री धन बहादुर बुढाद्वारा जारी प्रेस विज्ञप्ती:
प्रेस विज्ञप्ती
आदारणीय आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु र मेरा सम्पुर्ण शुभ चिन्तकहरु,
Gen- Z. युवाहरुले शुरु गरेको आन्दोलनका क्रममा जीवन गुमाएका देशका होनहार युवाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछु र घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
व्यपारी तथा व्यवसायीक पृष्ठभूमिको परिवारमा जन्म लिएर सोही माहोलमा हुर्किएर होला मैले मेरा बाजे बुवाहरुले गर्दै आउनु भएको व्यपार व्यवसाय वि.सं.२०५५ साल देखि सम्हाल्दै आएको छु । वि.सं.२०५५ साल देखि नै व्यपार/व्यवसायको अलावा कुनै पनि राजनीतिक पार्टीमा संलग्नता तथा विचारधारामा आस्था राखे नहेरी मेरो सम्पर्कमा आएका जति, जोसुकै साथिभाई, दिदिबहिनि गरिब दिन दुखीहरुलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने गरेको र विशुद्ध समाजसेवामा समेत निरन्तररुपमा रहेको छु र आगामी दिनहरुमा समेत रहनेछु ।
वि.सं. २०६० साल देखि डोल्पा जिल्लाको तत्कालिन जि.वि.स. सभापति हुँदै मेरा आदारणिय डोल्पाली आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरुको असाध्यै माया ममता र आशिर्वादले निरन्तररुपमा २०७० साल देखि हालसम्म 3 पटक लगातार २०७०,२०७४, २०७९ सालको चुनाबमा डोल्पा जिल्लाबाट प्रत्यक्ष निर्वाचित संघिय संसदको रुपमा छु। छोटो समय पर्यटन राज्य मन्त्री हुँदा होस् वा सहरी विकास मन्त्री हुँदाहोस आफूले सकेसम्म डोल्पा जिल्ला र समग्र देशको हितमा काम गरे । हालसम्म मैले कहीं कतै । रुपैया मात्रै अष्ट्राचार तथा अनियमितता गरी राज्यकोषको दोहन गरेको सप्रमाण कोही कसैले राज्यका आधिकारिक निकायहरुबाट पुष्टि गर्न सकेमा म जुन सुकै सजाय तथा कार्बाही सहन तयार छु।
व्यवसायीक पृष्ठभूमि भएकाले मलाई कुनै पनि कोहि कसैको आर्थिक लोभमा पर्न आवश्यक नविगतमा थियो र नभविष्यमा हुनेछ, म आफ्नै पेशा व्यवसाय गर्ने कर्मशिल व्यक्ति हूं। राज्यलाई करौडौं रकम कर तिरेको छु। ४००/५०० जनालाई रोजगारी दिएको छु । मैलै मेहेनत तथा परिश्रम गरी आर्जन गरेको मेरो प्रगती देख नसकेर जेन-जीको नाममा धमिलो पानिमा माछा मार्न खोज्ने प्रवृत्ती भएका केही अराजक नकरात्मक सोच भएका व्यक्तीहरुले काठमाण्डौं बौद्धमा रहेको मेरो एउटा तिले घरमा घरमा पूरै आगलागी गरी क्षती पुर्याएको, २ वटा घरमा तोडफोड गरेको, Prado Land Cruiser गाडी, हाईलक्स गाडी र 3 वटा मोटर साईकल जलाएको, घर भित्रको मालसामान, नगद पैसा. सुन चाँदी, हिरा लगायतको सम्पत्ती लुटपात गरी करौडौंको क्षति पुर्याएको छ । यो समयमा म माथि सद्भभाव राखे मेरा आदारणीय डोल्पाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु र देश विदेशमा रहनुहुने मेरा सम्पुर्ण शुभ चिन्तक महानुभावहरुलाई धैर्य धारण गर्न हुन अपिल गर्दछु ।
यस्ता खेदजनक अपराधिक कार्यहरुबाट कुनै विचलित नभई म मेरो शक्ती र क्षमताले भ्याएसम्म बाचुनजेल निरन्तररुपमा प्रिय जन्मभूमि डोल्पा जिल्लाको विकास गर्न, भगवानरुपी मेरा डोल्पाली जनताको हितमा काम गर्न, देशको समृद्धी हुने कार्यमा आफुलाई समर्पित गर्न र कुनै पनि राजनीतिक पार्टीमा संलग्नता तथा विचारधारामा आस्था राखे नहेरी जोसुकै गरिब दिनदुखीहरुलाई सहयोग गर्ने कार्य गर्न र विशुद्ध समाजसेवामा आफूलाई समर्पित गर्ने कार्यमा लागिरहन प्रतिवद्ध छु ।
धन्यवाद, नमस्कार।
– धन बहादुर बुढा
पूर्व सहरी विकास मन्त्री तथा प्रतिनिधि सभा सदस्य, डोल्पा।