
भाद्र १६,
डोल्पा : नेपाल टेलिकमले आफ्नो सेवा विस्तारलाई तिव्रता दिइरहेको छ । सोमवारदेखी पूर्ण रुपमा डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ७ को “कु गाउँ”मा नेपाल टेलिकमको भिस्याट मार्फत मोवाईल सेवाको बिस्तार गरिएको हो । शे-फोक्सुण्डो गाउँपालिका -७ का नागरिकको माग र वडा अध्यक्ष पेमाछिरिङ् गुरुङ्गको बिशेष पहलमा “कु गाउँ”का नागरिकले मोवाईल सेवा उपभोग गर्न पाएका हुन । “कु गाउँ”मा नेपाल टेलीकमको मोवाईल सेवा सञ्चालनमा ल्याउनको लागी शे-फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्ग,उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ्ग, वडा अध्यक्षहरु र कर्मचारीका साथै नेपाल टेलिकमले निकै धेरै ठुलो सहयोग पुर्याएको भन्दै “कु गाउँ”का स्थानीयले धन्यवाद प्रकट गरेका छन् ।

सदरमुकाम दुनै देखी कु गाउँ जान झण्डै एक साता लाग्ने गर्दछ भने सवै भन्दा कम जनसख्या रहेको गाउँ हो कु गाउँ । स्थानी तह २०७९ मा पेमाछिरिङ् वडा अध्यक्षमा निर्वाचित भएपछि उनले जनतालाइ मोवाईल सेवा दिने बचन गरे अनुसार पूरा गरेकोमा आफैलाइ एक सफल काम गरेको अनुभुती भएको वडा अध्यक्ष गुरुङ्गले सुख सुनाए । नेपाल टेलीकमले शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर १ को निजाल गुम्बा र वडा नम्बर ७ को “कु गाउँ”मा मोलाइल सेवा जडान गरेको दुरसञ्चार कार्यालय डोल्पामा टेलीकम प्राबिधिक नवराज भट्टराईले जानकारी दिए ।

२०३२ जिल्ला शिक्षा कार्यालय डोल्पामा प्राबिनि लेखनाथ पौडेल भिजेरको बिद्यालय अनुगमनमा गएको बेला उनि “कु गाउँ” पुगेका थिए । “कु गाउँ”का स्थानीयहरु पहिले देखी नै सदरमुकाम आउने जाने गरेको भएपनि सरकारी रेकर्डमा नभएको र सरकारी कर्मचारीका रुपमा “कु गाउँ”मा पुग्ने पहिलो ब्यक्ति प्राबिनि लेखनाथ पौडेल रहेको डोल्पाका बुद्धिजीवि लक्ष्मीकान्त उपाध्याय बताउछन। उपाध्यायले भने पौडेल भिजेरको बिद्यालय अनुगमन गर्न गएको बेलामा स्थानीयले अन्य दुई गाउँ फोत गाउँ र “कु गाउँ” पनि रहेको भनेपछि उत्सुक हुदै ति गाउँ पुगेपछि चर्चामा आएर पछि पत्ता लागेको गाउँ भनिएको हो तर पहिले देखी नै डोल्पा सदरमुकाम दुनै आउजाउ गरिरहेका थिए ति गाउँका स्थानीयले ।
साल्दाङ्ग गाउँपञ्चायत वाट छुट्टिएर भिजेर गाउँपञ्चायत हुदा भिजेरको एक वडाका रुपमा “कु गाउँ” रहेको थियो । हाल शे-फोक्सुण्डो गाउँपालिकाको वडा नम्बर ७ मा डोल्पा र मुगुको सिमानामा सवैभन्दा सानो र सुन्दर गाउँ हो पर्दछ “कु गाउँ” यस गाउँका धेरै नागरिकले अझै पनि नेपाली प्रष्ट बोल्न भने जान्दैनन भने ४० घरधुरीका १ सय ५० जनसंख्या रहेको गाउँ हो ।