कर्णालीका कारण १०औं राष्ट्रिय खेलकुद रोकिदैन : मुख्यमन्त्री कँडेल

जैतुन अनलाइन | २०८२ साउन २२ गते बिहिवार

श्रावण २२,

 सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीका कारण १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रभावित नहुने बताएका छन् । १०औं राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहिबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मु्ख्यमन्त्री कँडेलले कर्णालीका कारण प्रतियोगितामा कुनै असर नपर्ने बनाउँदै हचुवाका भरमा सरिरहने मिति तय नगर्न आग्रह गरेका हुन् । पटक–पटक प्रतियोगिताको मिति तोक्ने तर खेलकुद नहुने परिपाटीले नकारात्मक सन्देश प्रभाव भइरहेको बताउँदै उनले अब यस्तो गल्ती नदोहो¥याउन सघीय सरकारलाई आग्रह गरे । ‘कर्णालीमा १०औं खेलकुद गर्ने विषयमा हाम्रो तर्फबाट प्रतिवद्ध छांै’, उनले भने, ‘सोही बमोजिम कर्णालीले तयारी पनि गरिरहेको छ ।

आयोजक तपार्इँहरू हो, अब पनि मिति तोक्ने तर, खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला ।’ प्रतियोगिताको मिति तोक्दा संघीय र प्रदेशको जिम्मेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह गर्दै उनले प्रतियोगिता गर्न यसअघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाए । मुख्यमन्त्री कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय खेलकुद आयोजनाको सन्दर्भमा चासो दिएकाप्रति ध्यान दिन खेलकुद मन्त्रीलाई सुझावसमेत दिए । उनले रिक्त प्रदेश खेलकुद विकास परिषद्लाई पूर्णता दिन छलफल सुरु भएको र प्रदेश रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्काल अघि बढाइने बताए । युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताको मिति नसर्ने गरी तय गर्ने तयारी रहेको दावी गरे । उनले सुर्खेत आसपास हुने गरी प्रतियोगिताका लागि २४ खेल खेलाउने तयारी रहेको बताए ।