नेपाल राज्यको कर्णाली प्रदेशको एक् सुन्दर जिल्ला ;
प्रयेटकहरु घुम्न आउदा प्राकृतिक सौदर्य हेरेर
सारै आनन्द मिल्ला ꓲ
डोल्पाको सिमाना उतरमा तिब्बत दक्षिणमा रुकुम;
सम्पूर्ण आगन्तुक पाहुनालाई स्वागत तथा
सेवा गर्न पाउ के छ हुकुम ꓲ
कुल मिलाएर ७८८९ वर्ग कि.मि. क्षेत्रफल;
जिल्लामा परेका हरेक समस्याको हामि मिलेर गरौ हल ꓲ
त्रिपुरासुन्दरी,शे गुम्बा, धो उपत्यका, पन्ग्भोर ताल ,
धो तराप तेस्तै मनमोहोर शे फोक्सुण्डो;
डोल्पाका मुख्य पर्यटकीय स्थल हुन सम्पुर्ण पर्यटकहरुले
प्रथामिकतामा राखी घुमी बनाउन पाए हुन्थ्यो मानब झुन्डो ꓲ
तालहरुमा भरिपुर्ण डोल्पा जगदुल्ला ,प्रेमताल , फोक्सुण्डो
साथै अग्लो स्थानमा रहेको पन्ग्भोर ताल ;
हरेक प्राकृतिक सौदार्यले भरिपुर्ण मेरो डोल्पा भौगोलिक विकटतालाई बिकास गर्दै बनाउनुछ एक नमुना र सुन्दर माल ꓲ
संघियेतापछी २ नगरपालिका र ६ गाउपलिकामा
कार्यबिभाजित भयेकोछ जिल्ला ;
डोल्पा सारै सुन्दर छ नराम्रो कतैपनि नमिल्ला
यती सारो राम्रो छ जिल्लाको हरेक किल्ला ꓲ
डोल्पा सवोर्निम अक्षरमा लेखियेको ठुलो जिल्ला ,
अग्लो मानव बस्ति , अग्लो स्थानको ताल साथै ठुलो राष्टीय निकुन्ज रहेको ठाउँ
त्यसैले
अब भाषनमा मात्र होइन साचिकै सबै एक जुट भै गरौ
हरेक क्षेत्रको बिकाश गाउँ गाउँ ꓲ
यार्शागुम्बा ,जटामसी , पाचाऔले जस्ता जतिबुटीहरुले
भरिपुर्ण डोल्पा खानि;
तेसैले सबैभन्दा उतक्रिस्ट र प्यारो लाग्छ मेरो जन्मभूमि डोल्पा
स्वोर्गको टुक्रा जस्तो ठानी ꓲ
डा. भिम बहादुर बुढा
मेडिकल अधिकृत
government officer(8th )
स्वास्थ्य सेवा कार्यलय डोल्पा