सञ्चारको पहुचमा जोडियो ठुलीभेरी-४ तिप्ला गाउँमा मोवाईल सेवा सुरु

जैतुन अनलाइन | २०८२ साउन ११ गते आइतवार

श्रावण ११,

दुनै : ठुलीभेरी नगरपालिका ४ को तिप्ला पनि सञ्चारको पहुचमा जोडिएको छ । आईतवार देखी नेपाल टेलीकमको मोवाईल सेवाको पहुचमा तिप्ला गाउँ जोडीएको हो । दुरसञ्चार कार्यालय डोल्पाले तिप्ला गाउँदेखी तलको डाँडामा एक बिटिएस राखेर यस वडाका नागरिकलाइ मोवाईल तथा ईन्टरनेटको सेवा दिन थालेको छ ।

आईतवारबाट यस क्षेत्रका नागरिकले मोवाईल सेवा पाई रहेका छन भने 1800MHz को 4G र 900MHz को 2G नेटवर्क भएको मोवाईल टावर अहिले 2 G मात्र चलिरहेको छ दुर सञ्चार कार्यलयका टेलीकम प्राबिधिक नवराज भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार  काम भई रहेको र 4G सोमवार सम्ममा चलाउने गरी लागि रहेको र यस क्षेत्रमा राम्रो सेवा प्रदान गर्न सकिने बताए ।

तिप्ला गाउँको लागी टावरलाई दूरसञ्चार कार्यालय डोल्पाबाट अप्टिकल फाइबर बाट अपलिङ्क गरेर दिएको छ । यो टावर सञ्चालनमा आएसँगै ठुलीभेरी नगरपालिकाको वडा नम्बर ४ तिप्ला,वडा नम्बर १ थाला, वडा नम्बर २ लोचा र  कुम्ली सहित  सशस्त्र प्रहरीको ब्यारेक र शे फो रानि शुरक्षा क्याम्प र शेफोरानि कार्यालय सम्म कभरेज गर्ने गरी राखिएको कर्णाली प्रादेशिक निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डाक्टर कमल लामिछानेले बताए ।

डाक्टर लामिछानेले भने  डोल्पामा फाइबर बाट अपलिङ्क भएको चौथो मोवाईल टावर हो पहिलो जुफाल दुनै त्रिपुरासुन्दरी रहेका छन । हामीले डोल्पाका हरेक क्षेत्र र वस्तिलाइ पहिलो प्राथमिकतामा राखेर काम गरि रहेका छौ तिप्ला अघिल्लो आर्थिक बर्षमा नै सञ्चालनमा ल्याउने लक्ष्य भएपनि  प्राविधिक कठिनाइ  तथा मौसम र बाटोको समस्या का कारण १०  दिन जसो ढिलो भएको र नयाँ आर्थिक बर्षमा सुचारु गरिएको बताए । निर्देशक डाक्टर लामिछानेले भने अबको एक महिना भित्रमा ठुलीभेरी नगरपालिकाको १० र ११ मा पनि काम सम्पन्न हुनेमा बिश्वस्त रहन नागरिकलाइ आग्रह समेत गरे । डाक्टर लामीछाने कर्णाली प्रदेशमा निर्देशक बनेर आएदेखी डोल्पालाई पहिलो प्राथिमकतामा राखेर सञ्चारको पहुच बिस्तारमा निरन्तर लागी रहेका छन ।