
श्रावण ०७,
डाेल्पा : नेपालको डोल्पा जिल्ला र चीन गनतन्त्रको स्वयत्त तिब्बतसंगकाे परमपरागत रुपले सदियौँ कालदेखि चल्दै आएको दुई देशिय ब्यापारीक मेला यो बर्षा यहीँ साउन २५ गते देखि १५ नम्बरको मायुम नाका खुल्ने भएको छ। शे-फोक्सुण्डो गाउँपालिकाको उपाध्यक्ष पेम्मा वाङछेन गुरुङका अनुसार अनुसार सिगात्चे काउन्टी को डोङबा प्रोभिन्सलेको आधिकारीक कार्यालयहरुको छलफल र बैठकबाट यो निर्णय पारित भएको हो।
कोभिड-१९ पछि ठप्पै भएको यो दुई देशीय ब्यापारिक मेला मिति २०८१ साउन १७ गते पाँच बर्ष पछि पहिलो पल्ट खुलेको थियो । दुवै देश विचका प्रतिनिधिहरुकाे समन्वय छलफलबाट यो बर्ष यहीँ साउन २५ गते व्यापारीक नाका खुल्ने तय भएको हाे ।
उपाध्यक्ष पेम्मा वाङछेन गुरुङले भने याे वर्षा साउन २५ गते ब्यापारिक तथा मेला आयोजनाको लागि दुई देश विचकाे नाका खुलाउने सुचना आएकाे छ तर ब्यापारिक मेला बाहेक अन्य कुराहरुमा चीन तर्फबाट धेरै संकालु भएकाले कुनै पनि सुचना साट्न असम्भब रहेकोले अन्य बिस्तृत जानकारी नभएको बताईएको छ। अघिल्लो बर्ष साउन १७ गते देखि १५ दिनको लागि बाजार खुलेको थियो भने यो साल २० दिनसम्मा खुल्ने कि भन्ने कुरा चलाएको छ भने त्यस सम्बन्धी आधिकारिक निर्णय भने आउन बाँकी रहेको पनि उपाध्यक्ष गुरुङले बताए।

कोभिड-१९ भन्दा अगाडीसम्मा डोल्पाका क्याटो र मायुम दुईटै नाका खुल्ने गरिन्थ्यो भने पोहोर सालदेखि मायुम नाका मात्रै खुलेको छ। त्यो पनि आवात जावतप्रबेश पत्र (Entry and Exit Card) अनिवार्या गरिएको छ। यो भन्दा अगाडिसम्मा प्रबेश पत्र नचाहिने भएकोले अघिल्लो बर्षादेखि प्रबेश पत्रकै आधारमा छिराउँने गरेको छ। डोल्पा जिल्लाका स्थानीय बासिन्दालाई बाहेक अन्य जिल्लाका जनता तथा ब्यापारीलाई छिर्न नमिल्ने सुचिकृत गरिएको छ। नाका छिर्दा प्रबेश पत्रलाई अनिवार्या गरिएकोले आफु जत्तिपटक आवात जावत गर्यो त्यत्ति पटक नै चेकजाँच हुने गरेको छ। त्यसैले प्रबेश पत्रलाई ब्यापारिक मेला अवधि भर आफुसंग अनिवार्या बोक्नु पर्ने नियम रहेकाे छ।
उपाध्यक्ष गुरुङका अनुसार बिकसीत चीनले नाकासम्मै सडक, Immigration अध्यगमन र तिन तहकै सबै सुरक्षाकर्मीहरु तैनात परिएकोले कुनै कतैबाट पनि नियम बिपरित कार्या गर्ने छुट छैन। सुचना तथा चेकजाँच गर्ने सबै उपकरणहरु मेशिन नै भएकोले हाम्रो प्रशासन तथा स्थानिय पालिकाले निर्माण गरिएको प्रबेश पत्र गुणस्तर नभएकै काराण त्यहाँ धेरै पटक ब्याईजति खेप्नु परेको छ।
कम्पयुटराईज प्रिन्ट नभएकोले उपकरणद्वारा चेकजाँज गर्दा समय लाग्ने र हातले लेखेको नेपाली तथा अङग्रेजी अक्षरहरु बुझ्न कठिन भएकोले जनता सास्ति खेप्नु परेको र अबदेखि आधुनिक तथा QR Code सहितको प्रबेश पत्र या राष्ट्रिय परिचय पत्रमै समाबेश भएको खण्डमा राम्रो हुने देखिन्छ।

उपाध्यक्ष पेम्मा वाङछेन गुरुङको अनुसार यो ब्यापारिक नाका खुल्न त खुल्यो तर हर्ष र निराषाको मिश्रित अनुभब महसुस हुन्छ। हाम्रो नेपाल तर्फबाट केही पनि उता बजारमा बेच्ने सामान तथा स्थानिय उत्पादन छैन शतप्रतिशत उताकै सामान यता नेपाल पट्टी छिर्ने गरेकोले बर्षेनी अर्बौँ रुपैया बाहिरा पठाउने काम मात्रै भएको छ। यो स्थानिय तथा प्रादेशिक पहलले मात्रै हुने कुरा हैन। यो संघिय सरकारको बैदेशिक तथा शिष्टचार बादबिबाद र बहस बाटै पहल कदम चाल्नु पर्छ। हाम्रा सामानहरु उनीहरुले भन्सार नभएकै कारण गुणस्तर हिन र सच्चाताको कमिकम्जोर ठान्दछ। त्यसैले छोट्टो क्षणको लागि भएपनि कम्तिमा ५/६ महिना नाकालाई औपचारिक रुपले संचालन गर्ने र त्यहाँ आवश्यक अनुसारको सिमा रक्षा, भान्सार र प्रबेशद्वारसम्मा भएको भए आज हाम्रा अन्न,बालीका परिकारहरु, जटिबुटी, पशुवस्तुहरु र हस्तकलाहरु पनि चिनिया बजारमा बेचबिखान गरि स्थानिय अर्थ बिकास तथा स्थानियहरु पनि स्थानिय श्रोत साधान तथा शिप बिकासप्रति बढी आकर्षित हुन्थाे।
सन २००८ को Beijing Olympic खेल चीनले आयोजना गरियो र यही मौकामा देश तथा बिदेशका अनाधिकृत मान्छेहरु छिर्ने र भाग्ने जस्ता अनियमित्तता हुने शंकले सबै सिमा क्षेत्रहरुमा कडाई बढाईयो।
त्यो भन्दा अगाडि त सिमा क्षेत्रहरु खुल्ला थिए भने हाम्रा माथिल्लो डोल्पालीहरुले बर्षा भरी तिब्बत तिर गई रोजगार पनि गर्ने चलन थियो भने त्यताका नोम्याड(Nomad) हरु पनि प्रसिद्द शेल्री डुग्ड्रा(Shelri Dugdra- Shey Crystal Mountain) को तिर्थ गर्न आउँने गरिन्थ्यो।
दुई समाज बीचका केटाकेटीहरु बीच बिबाह भारिधी समेत हुने गर्दथे। माथिल्लो डोल्पा समग्रह र बिशेष गरि डोल्पो बुद्द वडा नं.४,५,६ र शे-फोक्सुण्डो वडा नं.१-७ सम्माका समाजहरुमा अहिले पनि अधिकांश घर परिवारमा भेडाबाख्रा तथा चौँरी हुनुको कारण सन २००८ सम्मा लगभग प्रति घरबाट २/३ जना र कतै सिंगो परिवारनै तिब्बत तिर रोजगारीको लागि जाने गरिन्थ्यो।काम गरे बापत त्यहाँका Nomad – डोक्पाहरुले कसैले चौँरी दिन्थे भने कोहीले भेडाबाख्रा ज्यालाको रुपमा दिने गरिन्थ्यो।

कार्तिक मंसिरमा त्यही भेडा बाख्राहरु फेरी तल्लो डोल्पा तिर लगि मकै, कोदो, चामल, खुर्सानी लगायत खाद्यान्नसंग साटपाट हुन्थ्यो।त्यही चलनलाई नै Barter System भनिन्थ्यो। भरु त्यत्ति खेर श्रवण भदौतिर माथिल्लो डोल्पाका जनताहरु मुला, आलु, सातु, जटीबुढी र राडीपाखी(काम्लो) लिएर तिब्बत(चीन) बजारमा गई बेचिन्थ्यो भने यता पनि बिभिन्न खाद्या सामानहरु ल्याईन्थ्यो।
हिजो आज भान्सार नभएकै कारण हाम्रो नेपाल तर्फबाट केही पनि लिन नमिल्ने छ तर उताबाट भनेँ नुनदेखि सुनसम्मा किनेर ल्याईन्छ। हामी त केवल आफ्नो पैसा आर्काको देशमा पुराउँने काम मात्रै भएको छ।
हालै डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी राेम बहादुर महत र डिएसपी रुक बहादुर खड्का लगायतको टोली १५ नं. नाका मायुम सम्मा पुगेका छन । जिल्लाकाे प्रशासन नाकामा पुग्नुले पनि धेरै राम्रो काम भएकाे छ किनभने उता के कस्तो छ र हाम्रो तिर राज्याले के कस्तो तरिकाले बिकास देखि सहजिकरण गर्नु पर्ने रहेछ भनि बुझ्ने अवसर हुने पनि विश्वास गरिएको छ। प्रशासन र प्रहरी प्रमुखकाे उपस्थितीले स्थानिय जनसामुदयहरु पनि हर्षित भएका छन।
आउँदो ब्यापारिक मेलाको सन्दर्भमा पनि सुरक्षा तथा सहजिकरणको अत्ति महत्वपुरण हुन्छ। सबै मान्छे सज्जन र असल हँदैनन त्यसैले लिने नलिने सामानहरुको गहिरो चेकजाँच हुनुपर्दछ। त्यो भएन भनेँ एक दुई मान्छेले गर्दा सहरा जनताकाे अन्तर्राष्ट्रिय बेइज्जती हुने स्थानीयले बताएका छन।दुई देशीय व्यापारीक मेलामा बहुमुल्य जडिबुटी यार्सागुम्बा लगाएत दैनिक उपभाेग्य वस्तुहरुकाे व्यापार आदानप्रदान हुने गर्दछ।