पालिकावाटै राष्ट्रिय परिचयपत्र अनलाईन सेवा लिन पाउदा शे-फाेक्सुण्डाे गाउँपालिका नागरिक खुसी

जैतुन अनलाइन | २०८२ साउन ६ गते मङ्गलवार

श्रावण ०६, 

डाेल्पा :  डोल्पाको शे- फाेक्सुण्डाे गाउँपालिकामा राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सेवा सुरु गरिएको छ । उच्च हिमाली भेग विभिन्न प्राविधिक समस्याको बिच शे-फाेक्सुण्डाे गाउँपालिकाले वडा नं. १ देखि ९ सम्मका स्थानीय नागरिकलाई राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता गरि नम्बर दिन थालेकाे हाे। शे-फाेक्सुण्डाे गाउँपालिका स्वास्थ्य उपसंयाेजक निमाधार्के गुरुङको नेतृत्वमा आइटी साेनाम साङवाे लामा र वडा कर्मचारी, जनप्रतिनिधि सहितकाे टिमले निरन्तर नागरिकलाई राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सेवा दिइरहेको शे-फाेक्सुण्डाे गाउँपालिका डाेल्पाका अध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिएका छन ।

 

राष्ट्रिय परिचय पत्र नम्बर अनलाइनवाट दर्ता गरि वितरण गर्नका लागि आवाश्यक पर्ने ईन्ट्रानेटको लागि चाहिने उपकरणहरु र प्राबिधिक रुपमा लाग्ने आर्थिक खर्च गाउँपालिकाले आफै व्यवस्थापन गरि जिल्ला प्रशासन कार्यालय डाेल्पा संगकाे समन्वयमा विभिन्न स्थानमा पुगेर अनलाइन दर्ता सेवा संचालन गरिरहेको अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार शे-फाेक्सुण्डाे गाउँपालिका वडा नं. १ देखि ४ सम्म अनलाइन दर्ता गरेर सकिएको छ। उक्त क्षेत्रबाट जम्मा ५ सय ८४ जनाले अनलाइन सेवा लिएका छन ।

यस्तै वडा नं. ५,६ र ७ मा राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता भैरहेको छ। यस क्षेत्रमा ३ सय २० जना सम्मले सेवा लिने अनुमान गरिएको छ। यस्तै वडा नं. ८ र ९ का स्थानीयलाई तापरिचा मावि नजिकै साइजाेलमा अबकाे केही दिन देखि राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सेवा दिने तयारी रहेकाे शे-फाेक्सुण्डाे गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङले बताएका छन । सरकारले गएको श्रावण देखी सरकारबाट हरेक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि स्थानीय तह निकै जागरुक देखीएका छन ।

शे-फाेक्सुण्डाे गाउँपालिका उच्च हिमाली क्षेत्रमा पर्ने अझ भाैगाेलिक हिसाबले ठुलाे भएकाे हुदा करिब एक हप्ताको पैदल यात्रामा जिल्ला प्रशासन कार्यलयमा पुगेर राष्ट्रिय परिचयपत्र अनलाइन भर्नुपर्ने झन्झट हटेर स्थानीय सरकारले भुगाेल बस्ती हेरेर अनलाइन दर्ता शिविर सेवा संचालन गर्दा स्थानीय बासिन्दाहरु धेरै खुसी भएकाे अध्यक्ष गुरुङले खुसी ब्यक्त गरेका छन।  घर आगनमै राष्ट्रिय परिचयपत्र अनलाइन दर्ता सेवा संचालनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिकलाई सबैभन्दा सहज बनेकाे छ ।