
असार १८,
डोल्पा : डोल्पामा पहिलो पटक जुवातास खेल्ने ५ जना पक्राउ परेकाछन । प्रहरीले डोल्पा सदरमुकाम दुनैमा १७ गते राती ९:४५ बजे जुवा खेली रहेका ५ जनालाइ प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरिक्षक रुक बहादुर खड्काले जानकारी दिए । डिएसपी खड्का अनुसार दुनै बजारको बि एण्ड बि होटलको तेस्रो तलामा केही मानिसहरुले पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलयवाट खटिएको टोलीले उनिहरुलाई पक्राउ गरेको बताए ।
जुवा तास खेली रहेका ५ जनाको साथवाट प्रहरीले नगद र १ लाख १८ हजार २ सय ७५ रुपैया र २ गड्डी नखोलेको, ४/५ गड्डी खुल्ला तास सहित मानिसहरुलाई नियन्त्रणमा लिएको र उनिहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ मा भएको व्यवस्था अनुसार जुवा खेल्न नहुने वा सट्टाबाजी गर्न नहुने कुसर अन्तर्गत म्याद थपका लागि पठाईएको डिएसपी खड्काले जानकारी दिए । उनका अनुसार प्रारम्भिक चरणको अनुसन्धानको क्रममा निज आरोपितहरुले जुवा तास खेलेको रकम नगद एंव बैंक मार्फत कारोबार समेत गरेको भन्ने खुल्न आएकोले थप अनुसन्धान समेत भई रहेको बताए । डोल्पा सदरमुकाम दुनै बजार क्षेत्रमा जुवा तास खेल्नेहरुलाई प्रहरीले जुवा खालवाटै पक्राउ गरेको धेरै बर्ष पछि यो पहिलो घटना हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले गोप्य राखेको छ ।