
असार १४,
डोल्पा : डोल्पाको काईके गाउँपालिका वडा नं. ४ रिवा गाउँका बाढी तथा पहिरो पिडीतका लागी राहत संकलन भई रहेको छ । गाउँपालिकाले बाढीपिडितकाे लागि गाँस वास कपासकाे लागि राहत काेष मार्फत राहत संकलन गरिरहेको छ।
काईकेकाे रिवा बाढीपीडितलाई त्रिपुरासुन्दरी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष टंक बहादुर थापा (बिकास) ले रु २५ हजार रुपैयाँ सहयाेग गरेका छन । रिवा बाढीपीडितका लागि वडा अध्यक्ष थापाले एक महिनाकाे सेवासुविधा कटाएर सहयाेग गरेकाे बताएका छन। विपत्तिमा सहयाेग गर्नु मानवीय धर्म हुने भएकाेले सहयाेग गर्न सबैलाई आग्रह गरेका छन ।
यहि असार १२ गते राति १२ बजेतिर आएको अबिरल बर्षाले काईके गाउँपालिका ४ को रिव गाउँमा बाढी ठुलो ३ वटा घर एउटा विधालयमा पुर्णरुपमा क्षेति पुर्याएको छ । बाढीले मान्छेमा कुनै क्षति नपुर्याएता पनि घरहरुमा भने बस्न नमिल्ने गरि क्षति पुर्याएकाे छ।