
असार १४,
डोल्पा : डोल्पाको काईके गाउँपालिकाको रिव गाउँका बाढी तथा पहिरो पिडीतका लागी राहत संकलन भई रहेको छ । पिडीतलाइ ठुलीभेरी नगरपालिकाले तत्काल नगद २ लाख ५० हजार सहयोग गर्ने भएको छ ।ठुलीभेरी नगरपालिकाका नगरप्रमुख श्ववर्ण कुमार बुढाले काईकेमा भएको घटना प्रति दुख प्रकट गर्दै तत्कालका लागि नगद सहयोग गर्ने घोषणा गरेका हुन ।
प्रभबित क्षेत्रमा पुग्ने ईच्छा हुदा हुदैपनि स्वास्थ्यका कारण घटना स्थलमा पुग्न नसकेको भन्दै छिमेकीलाइ परेको बिपदको सारथी छिमेकी नै हुनुपर्ने भन्दै नगरपालिकाको तर्फवाट नगद २ लाख ५० हजार सयोग गर्ने प्रतिबद्धता जनाए । जिल्लामा हुने प्राकृतिक बिपत्तीमा स्थानीय तहहरुले एक आपसमा छिमेकीको भुमिका निर्वाह गरे जनताले राहत पाउनेमा बिश्वास राखेको भन्दै नगरप्रमुख बुढाले यस दुखद घडिमा थोरै भएपनि सहयोगीको हिस्सा बन्ने बताए । नगरपालिकाले नगद राहत प्रदान गर्न भने नगरपालिकाको बिपत व्यवस्थापन समितिमा निर्णय गरि कार्यपालिकावाट अनुमाेदन गरेपछि मात्रै कार्यान्यवनमा आउनेछ ।
सैगरी ठुलिभेरी–८ का वडाध्यक्ष मनराम ठकुल्लाले काइके गाउँपालिका–४, रिवा गाउँमा गएको बाढी र पहिरोबाट पीडित भएकाहरूको सहयोगार्थ रू. २२,००० (बाइस हजार) प्रदान गरेका छन्। उनले आफ्नो एक महिनाको सेवा सुविधा बराबरको रकम राहतस्वरूप सहयोग गर्दै अन्य दातृ मनहरूलाई पनि विपद्मा परेकाहरूका लागि सक्दो साथ र सहयोग गर्न आग्रह गरेका छन्।
यहि असार १२ गते राति साढे १२ बजेतिर आएको अबिरल बर्षाले काईके गाउँपालिका ४ को रिव गाउँमा ठुलो क्षेति पुर्याएको छ । स्थानीयका घर बिद्यालय समेत पूर्ण रुपमा लेदोले पुरेको छ भने ५३ घरधुरीका ३ सय भन्दा धेरै नागरिक बिस्थापित भएका छन । बाढि तथा पहिरोमा परेका नागरिकको लागि तत्काल गर्न सकिने राहत संकलन र वसोवासको लागी सवै क्षेत्रवाट पहल भई रहेको छ । आफ्ना नागरिकलाई सुरक्षित स्थानमा राख्न र तत्काल गास वास र कपासको बन्दो बस्तीका लागी काईके गाउँपालिकाका अध्यक्ष अंगद कुमार राना घटना स्थलमै पुगी नागरिकलाइ सानत्वना दिएका छन ।