
असार १०,
नर्कु : मुड्केचुला गाउँपालिकाले १७ औँ गाउँसभा सम्पन्न भएको छ । मंगलवार पालिकाको केन्द्र नर्कुमा बिशेष कार्यक्रमका बिच आगामी आर्थिक बर्षको बजेट पारित गरिएको हो । आगामी आर्थिक बर्ष २०८२/२०८३ का लागी मुड्केचुला गाउँपालिकाले ४२ करोड ३२ लाख २२ हजार बजेट सर्वसम्मत पारीत गरेको छ ।
मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीको अध्यक्षतामा भएको १७ औँ गाउँ सभामा उपाध्यक्ष दुदा रोकायले बजेट सभामा बजेट पेश गरेकी हुन । उपाध्यक्ष रोकायाले पेश गरेको बजेटमा चालू तर्फ ६० दशमलव ४७ प्रतिशत पूजिंगत तर्फ ३९ दशमलव ५३ प्रतिशत बिनियोजन भएको छ ।
त्यसै गरी समग्रमा सामाजिक विकास तर्फ १४ करोड ८६ लाख,आर्थिक विकास तर्फ १ करोड २२ लाख,भौतिक पूर्वाधार तर्फ १३ करोड ८५ लाख,सुशासन तथा सस्थागत विकास तर्फ ९ करोड २३ लाख,खानेपानी तथा सरसफाइ तर्फ १ करोड ९ लाख,वडा कार्यालय प्रशासनिक खर्च तर्फ४६ लाख,श्रम रोजगार तर्फ१ करोड २२ लाख र बाँकी रकम अन्य विभिध क्षेत्रमामा बिनियोजन गरिएको मुड्केचुला गाउँपालिका प्रमुख प्रशसकिय अधिकृत रेशम महताराले जानकारी दिए ।
महताराका अनुसार वार्षिक बजेट हो सबै क्षेत्र प्राथमिकतामा राखेका छौ तर विषेश गरि सडक पूर्वाधार भवन निर्माण,पालिका स्तरीय खेलकुद मैदान,५ सैयाको गाउपालिका स्तरीय अस्पताल,शैक्षिक सुदृढीकरण,दिगो स्वास्थ्य सेवा, कर्मचारी प्रोत्साहन जस्ता जनमुखी कार्यक्रमलाई प्राथमिकतामा रहेकाछन । आउने आर्थिक बर्षमा आउने सवै कार्यक्रमहरु जनताले महसुस गर्ने गरी बजेट तय गरिएको महताराको दावी छ ।
मुड्केचुला गाउँपालिकाले १७ औँ गाउँसभाले आगामी आर्थिक बर्षको बजेट र निति तथा कार्यक्रम पारित गरि आगामी वर्षको विनियोजन ऐन र आर्थिक ऐन समेत पारीत गरेको गाउँपालिका अध्यक्ष दत्त बहादुर शाहीले जानकारी दिए । अध्यक्ष शाहीले भने जनता र भुगोललाइ पहिलो प्राथमिकतामा राखेर बजेट ल्याएका छौ समान बजेट ल्याएका छौ जनताले अनुभुती गर्नेछन । यसका साथै पालिकाले कर्मचारी शिक्षक र सुरक्षाकर्मि सहित ७ जनालाइ कदर पत्र सहित सम्मान गरेको छ । भर्ष भरी पालिकामा जिम्मेवारी दिएको क्षेत्रमा काम गर्ने सवै क्षेत्रका कर्मचारीहरुलाइ सम्मान गरेको पालिका अध्यक्ष शाहीले बताए ।