
असार १०,
धो : डोल्पोबुद्ध गाउँपालिकाको १७औँ गाउँसभा सम्पन्न भएको छ । मंगलवार पालिकाको केन्द्र धो मा बिशेष कार्यक्रमका बिचवाट आगामी आर्थिक बर्ष २०८२/२०८३ का लागी ३१ करोड ४ लाख ११ हजार ९७ रुपैयाको बजेट पारित भएको हो । चालु तर्फ १४ करोड १० लाख ९८ हजार ९७ रुपैया र पूजिगत तर्फ १६ करोड ९३ लाख १३ हजार रुपैया गरि कुल ३१ करोड ४ लाख ११ हजार ९७ रुपैयाको बजेट पारित गरिएको डोल्पोबुद्ध गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत मन बहादुर थापाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष कार्माछोईवेल गुरुङ्गको अध्यक्षतामा रहेको बिशेष समारोहमा गाउँपालिकाका उपाध्यक्ष पेम्मा धोर्चे गुरुङ्गले आगामी आर्थिक बर्षको बजेट पेश गरेका थिए । पेश भएको बजेटमा शिक्षा,स्वास्थ्य,कृषि र पशुपालनमा बिशेष प्राथिमकतामा राखेर आगामी आर्थिक बर्षको बजेट बिनियोजन गरिएको उपाध्यक्ष गुरुङ्गले बताए । राष्ट्रिय राजमार्गमा नजोडीएको भए पनि डोल्पोबुद्ध गाउँपालिकामा भने सवै वडमा आन्तरिक सड्क पुगी सकेकोले खुलेका ट्रयाकलाइ समेत थप सुधार गरी नागरिकलाइ सहज रुपमा सेवा लिन पाउनेगरी बजेट पारित भएको उपाध्यक्ष गुरुङ्गको दावी रहेको छ ।
चिनकोको मरिम्ला र क्याटो नाका सँग सिमा रहेको डोल्पोबुद्ध गाउँपालिका राष्ट्रिय सड्का जोडीएसँगै ब्यापारिक क्षेत्र रहने भएकाले सोहि अनुसार स्थानीय सरकारले सकेको जति काम गरि रहेको र केन्द्र सरकारले थप ध्यान पुर्याईदिन गाउँपालिका अध्यक्ष कार्माछोईवेल गुरुङ्गले आग्रह गरे । स्थानीय सरकारको बजेट कम हुने र सवै पूर्वाधार बिकासमा खर्च गर्न कठिन रहेको अबस्थामा प्रदेश सरकार र संघिय सरकारले भौतिक विकासमा ध्यान दिए डोल्पोबुद्ध गाउँपालिका सुख्खा बन्दरगाहा बन्नेमा कुनै कठिन नरहेको अध्यक्षको दाबी छ ।

डोल्पोबुद्ध गाउँपालिकाको १७ औँ गाउँ सभाले आगामी आर्थिक बर्षको बजेट सर्वसम्मत पारित गरेको छ भने यो उच्च क्षेत्रमा पनि अहोरात्र खटीएर काम गर्ने कर्मचारीलाइ पालिकाका जनप्रतिनिधिले धन्यवाद समेत प्रकट गरेका छन । डोल्पोबुद्ध गाउँपालिका आन्तरिक तथा बाह्यय पर्यटकको रोजाइमा पर्ने गर्दछ । संघियताले माथिल्लो डोल्पाका ३ वटा स्थानीय तहलाइ बिकासमा भने सहज पक्कै बनाएको स्थानीयको दावी रहेको छ ।