कुल ३७ करोड भन्दा धेरै बजेट पारित गर्दै शे-फोक्सुण्डो गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न ।

जैतुन अनलाइन | २०८२ असार १० गते मङ्गलवार

असार १०,

साल्दाङ : शे-फोक्सुण्डो गाउँपालिकाको १७औँ गाउँ सभा सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८२/२०८३ का लागि कुल ३७ करोड १९ लाख ९९ हजार रकम बिनियोजन गर्दै १७ औँ गाउँ सभा सम्पन्न भएको हो । शिक्षा तर्फ दातृ निकायको ३ करोड ६५ लाख ८० हजार ५ सय ५४ रकम सहितको बजेट शे-फोक्सुण्डो गाउँपालिकाले पारित गरेको शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङछेन गुरुङ्गले जानकारी दिए । कुल बजेटको चालुतर्फ १३ करोड७५ लाख १० हजार ६ सय ५० रुपैया,पूजिगत तर्फ २३ करोड ४४ लाख ८८ हजार ३ सय ५० रुपैया गरी कुल ३७ करोड १९ लाख ९९ हजार बजेट पारित भएको छ ।

शे-फोक्सुण्डो गाउँपालिका उपाध्यक्ष धावासम्डुक गुरुङ्गको अध्यक्षतामा गाउँपालिकाको केन्द्र साल्दाङमा मंगलवार बिशेष कार्यक्रमका बिच उपाध्यक्ष पेमावाङछेन गुरुङ्गले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेका थिए । आगामी आर्थिक बर्षका लागि जनताको हित हुनेगरी नागरिक मुखी हिसाबले बिनियोजन भएको र सर्वसम्मत रुपमा बजेट पारित भएको शे-फोक्सुण्डो गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सुमन ढकालले जानकारी दिए । ढकालका अनुसार पालिकामा कार्यरत कर्मचारीहरुलाई समेत सम्मान गरिएको बताए ।

पालिकामा बिगतदेखि पालिकाको परिवारमा सामेल भई निरन्तर समाज र जनताको सेवामा खटिएका राष्ट्र सेवाक कर्मचारीहरुलाई सम्मान गरिएको र उनिहरुमा हौसला समेत पढेको अनुभुति गरिएको उपाध्यक्ष गुरुङगले बताए । उनले भने माथिल्लो डोल्पामा पर्ने ३ पालिकामा सबैभन्दा धेरै ठुलो र कठिन भुगोल भएको पालिका शे-फोक्सुण्डो गाउँपालिका हो तर पनि कर्मचारीले तनमन दिएर काम गरि रहेका छन त्यसैले कर्मचारीको हौसला बढाउन पनि सम्मान गर्दा निकै सन्तुष्टि मिलेको छ ।

शे-फोक्सुण्डो गाउँपालिका पालिका भित्रका बिभिन्न बिद्यालयहरुबाट  उत्कृष्ट बिद्यालय, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट शिक्षक समेत छनौट गरि सम्मान र पुरस्कृत गरेको छ । उत्कृष्ट बिद्यालयमा तापारिचा माध्यामिक बिद्यालय,उत्कृष्ट प्रधानाध्यापकमा यज्ञ बहादुर शाही- मुक्पोरोङ हिमाल आधारभुत बिद्यालय भिजेर,उत्कृष्ट शिक्षकमा  होम बहादुर डाँगी- मुक्पोरोङ आधारभुत बिद्यालय भिजेर सम्मानीत भएका छन । समान्नीत हुनेहरुलाइ प्रमाणपत्र सहित

१७औँ गाउँ सभाबाट शे-फोक्सुण्डो गाउॅपालिकाको परम्परागत उपचार पद्दति(आम्ची) संरक्षण र ब्यवास्थापन सम्बन्धमा बनेको ऐन २०८२ लाई पास गरिएको छ। त्यस्तै  १) बार्षिक नीति तथा कार्यक्रम, २) बार्षिक बजेट तथा कार्यक्रम, ३) आर्थिक बिधेयक, २०८२ ४) विनियोजन बिधेयक, २०८२ ५)  सर्वसम्मतिले पारित भएको शे-फोक्सुण्डो गाउँपालिका अध्यक्ष धावासम्डुक गुरुङ्गले जानकारी दिए  । अध्यक्ष गुरुङ्गले भने  आजैको मितिबाट शे-फोक्सुण्डो गाउँपालिका पुर्ण खोप सुनिश्चितता र दिगोपन कायम घोषणा समेत भएको छ । यसका साथै शे-फोक्सुण्डो गाउँपालिकालाइ साक्षर गाउँपालिका घोषण पनि गरिएको छ। यसरी शे-फोक्सुण्डो गाउँपालिकाले धेरै सफल कार्यहरु गरेको र थप बिकासउन्मुख बनाउदै जाने प्रयास भइ रहेको अध्यक्ष धावासम्डुक गुरुङ्गले बिश्वास ब्यक्त गरे ।

डोल्पा जिल्लाका ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकाले बजेट पारित गरी सकेकाछन भने अन्य ६ पालिकाले मंगलवार नै बजेट पारित गरेकाछन तर विवरण भने आउन बाँकी रहेको छ ।