
असार ०७,
डोल्पा: डोल्पामा रहेको नेपाल कै गहिरो ताल फोक्सुण्डो पर्यटकको मुख्य रोजाईमा पर्ने ताल हो । समुन्द्र सतह देखी ३६३५ मिटरको उचाईमा रहेको यो तालमा हरेक बर्ष हजारौ आन्तरिक पर्यटकले अवलोकन गर्छन मने सयौँको संख्यामा बाह्यय पर्यटक आउने गर्दछन । यो पर्यटकीय ताल सम्म पुग्न पदयात्रा नै गर्नुपर्ने भएको र पदमार्ग सहज नभएको गुनासो पर्यटकले गरेपछि प्रदेश सरकारको ध्यानाकार्षण भएको हो ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८२/२०८३ मा कार्यान्वयन हुने गरी फोक्सुण्डो ताल सम्म पर्यटकीय पदमार्ग निर्माणको लागि २ करोड बिनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाको बिषेश पहलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कंडेलको मुख्य प्राथमिकतामा फोक्सुण्डो ताल सम्म पर्यटकीय पदमार्ग निर्माणमा २ करोड बजेट बिनियोजन भएको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेर बहादुर बुढाका प्रमुख स्वकीय पदम बुढाले जानकारी दिए ।
प्रमुख स्वकीय बुढाका अनुसार भौतिक मन्त्रीको प्रस्तावमा मुख्यमन्त्रीको पहिलो प्राथमिकतामा परेपछि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको समर्थनमा मन्त्रालय मार्फत डिभिजन वन कार्यालयद्धारा कार्यान्वयन हुनेगरी बजेट बिनियोजन गरिएको बताए । यो बजेटवाट साङ्टा देखी फोक्सुण्डो ताल सम्म पदमार्ग निर्माण गरिने छ । सधै जसो राज्यवाट उपेक्षित हुने फोक्सुण्डो ताल अनि पदमार्ग भने यसपटक प्रदेश सरकारले सम्बोधन गरेको भन्दै स्थानीयले कर्णाली प्रदेश सरकारलाइ धन्यवाद प्रकट गरे । हामीलाई हेर्ने नजरमा केहि फरक पन आयो हामी आभारी छौ शे-फोक्सुण्डो गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष निमा लामाले खुसि हुदै मन्त्री,मुख्यमन्त्री र कर्णाली प्रदेश सरकारलाइ धन्यवाद दिए ।
सुलिगाड देखी आँखे खोला सम्म भौतिक पूर्धातार तथा शहरी विकास मन्त्रालय मार्फत १ करोडमा सड्क निर्माण पनि आउने आर्थिक बर्षमा हुनेछ भने त्यसभन्दा माथिको पदमार्ग पर्यटकले सहजै यात्रा गर्नेगरी निर्माण गरिनेछ । बर्खाको बर्षा र हिउदको हिँउले बारम्बार वाटो बिगारेर सहज यात्रा नहुने हुदा पर्यटक र स्थानीयले दुख पाउने गरेका छन । यो बजेटवाट पदमार्ग सहज र दिर्घकालिन रुपमा हुने गरी निर्माण गरिने छ । यो संगै आर्थिक बर्ष २०८२/२०८३ मा सड्क निर्माणमा उच्च प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको प्रमुख स्वकीय पदम बुढाले दावी गरे । बुढाले भने सरकारले बजेट व्यवस्था गरेको छ स्थानीय सरकार र जनताले पूर्ण रुपमा कार्यान्वयन गर्न साथ दिन जरुरी छ । प्रदेश सरकारले रिग्मो वस्ति विकास सँगै अन्य सड्कमा समेत काम गरि रहेको छ ।