
असार ०५,
त्रिपूराकोट : डोल्पामा नेपाल टेलीकमले प्रदान गर्दै आएको द्रुत गतिको ईन्टरनेट सेवाको पहुच विस्तारमा तिव्रता दिई रहेको छ । बिहिवार त्रिपूरा सुन्दरी नगरपालिका थप यो सेवालाइ विस्तार गरिएको छ । यो सेवा जडान भए पश्चात त्रिपुरासुन्दरी नगरपालिका–३ सुँ र जिउँका बासिन्दाले अब फाइबर इन्टरनेट र ल्याण्डलाइन फोन सेवा प्रयोग गर्न पाउने भएका छन्।
भौगोलिकटा अनि नागरिकको आवाश्यक्तालाइ मध्य नजर गरी त्रिपूराकोट वगरमा रहेको FDC वाट किरव ७ किलोमिटर दूरी रहेको वडा नम्बर ३ मा पर्ने सूँ र जिउँमा फाइबर तारवाट सेवा उपलब्ध गराईएको दुरसञ्चार कार्यालय डोल्पाका टेलीकम प्राबिधिक नवराज भट्टराईले जानकारी दिए । प्राबिधिक भट्टराईका अनुसार कठिन भिरको वाटो फाईवर तार तानेर सेवा प्रदान गरिएको छ तर जिँउका नागरिकलाई समान रुपमा सञ्चारको पहुचमा जोड्न मोवाईल टावर जरुरी रहेको बताए । भटराइले भने भने द्रुत गतिको ईन्टरनेट र फोन जडानमा स्थानीय सरकारको अमुल्य सहयोग रह्य्यो आभार प्रकट गर्छौ ।
जनताको आवश्यकतालाई प्राथमिकतामा राखी पटकपटक टेलिकमसँग समन्वय गर्दै आएपछि ईन्टरनेट र फोन सेवा पाएको वडा अध्यक्ष भक्त बहादुर केसीले बताए । केसिले भने यस कार्यमा नेपाल टेलिकमका प्राविधिक नवराज भट्टराई, गोपाल मण्डल र चन्द्र पुनको उल्लेखनीय भूमिका रह्ययो उहाँहरुले फिल्डमै अहोरात्र खटेर काम गर्नुभयो र नागरिकले सेवा पाए। कठिन भूगोलमा पुगेर जनताको सेवा सुनिश्चित गर्ने उनीहरूको समर्पणप्रति स्थानीयवासी आभारी भएका छन् । आज जिउ र वरपरका बासिन्दाले आधुनिक सञ्चार सुविधाको प्रयोग गर्न पाउने भएकाे स्थानीय रामबहादुर गुरुङले बताए ।
गत बैशाखमा त्रिपुरासुन्दरीको FDC शुभारम्भ गर्न आउनुभएको कर्णाली प्रदेशिक निर्देशनालयका निर्देशक डाक्टर कमल लामिछानेले गर्नुभएको प्रतिबद्धता अनुसार नेपाल टेलिकमका सेवा बिस्तारमा कर्णालीका अन्य जिल्लाका तुलनामा डोल्पा जिल्ला भन्दा बढी प्राथमिकतामा राखेर सेवा विस्तार गरिएको हो । निर्देशक डाक्टर कमल लामिछानेले भन्ने गरेका छन डोल्पामा नेपाल टेलीकमको सेवा सवै क्षेत्रमा र हरेक नागरिकले महसुस गर्नेगरी पाए भने कर्णालीमा नेपाल टेलीकमको सेवा सतप्रतिशत पुग्छ । यस मानेमा कि अन्य जिल्लाको तुलनमा डोल्पा भुगोलको हिसावले ठुलो र बिकट भएको हुदा डोल्पाका नागरिकले नेपाल टेलीकमको सेवा पहिला पाउन पर्छ र सोही अनुसार निर्देशनालय लागेको छ लामिछानेले प्रष्ट पारे ।
पहिलो पटक ईन्टरनेट र ल्यान फोन पुगेपछि त्रिपूरा सुन्दरी नगरपालिका ३ सूँ र जिउँका ५४ ग्राहकले जडान गरि सकेका छ । लाइन जडान गरिएको घरधुरीहरूमा निम्न व्यक्तिहरू रहेका छन्: स्थानीयवासीले सेवा विस्तार गर्ने नेपाल टेलिकमलाई, प्राविधिक टोलीलाई र विशेषतः विकासप्रति प्रतिबद्ध वडा अध्यक्ष भक्त बहादुर केसीलाई मुरिमुरि धन्यवाद व्यक्त गरेका छन्। अब जनताले सूचना, शिक्षा र सम्पर्कको पहुँच सहज रूपमा उपयोग गर्न सक्ने विश्वास लिइएको छ।भक्त बहादुर केसीकाे निरन्तर पहल, सहजीकरण तथा नेपाल टेलिकमका हालका कार्यालय प्रमुख दया विक्रम केसीको विशेष सहयोगमा वडाको सू र जिउ क्षेत्रमा सेवा विस्तार गरिएको हो।