कोपिला भ्याली स्कुल विश्वका शीर्ष १० मा छनोट

जैतुन अनलाइन | २०८२ असार ५ गते बिहिवार

असार ०५,

सुर्खेतः सुर्खेतको वीरेन्द्रनगरमा रहेको कोपिला भ्याली स्कूल विश्वका शीर्ष १० मा छनोट भएको छ । कोपिला भ्याली स्कुललाई २०२२ मा कोभिड महामारीपछि सुरु गरिएको टिफो एजुकेशमको पहलमा आधारित पाँच उत्कृष्ट पुरस्कारहरूमध्ये वातावरणीय कार्य श्रेणीमा उत्कृष्ट १० स्थानमा छनोट भएको हो ।

यस्तो प्रकारको प्रतियोगितामा नेपालबाट कुनै विद्यालय अन्तिम सूचीमा परेको पहिलो पटक रहेकाले समग्र नेपाली शिक्षा क्षेत्रको प्रतिष्ठा बढाएको कोपिला भ्याली समाजको अध्यक्ष टोपबहादुर मल्लले बताए ।

पाँच विधामा प्रदान गरिने पुरस्कार समुदाय सहकार्य, वातावरणीय कार्य, नवप्रवर्तन, चुनौती पार गर्ने क्षमता र स्वस्थ जीवनशैलीमा एक विश्व निर्णायक मण्डलले विजेता छनोट गर्ने मल्लले बताए ।
भोटका लागि बुधबारबाट मतदान सुरु भइसकेको छ । सबै विजेताहरूको घोषणा २०२५ अक्टोबरमा गरिनेछ ।

चार सय ५० भन्दा बढी विपन्न बालबालिकाहरूलाई शैक्षिक र वातावरणीय शिक्षा प्रदान गर्दै आएको बताए । उनले वातावरणीय दिगोपनालाई शिक्षाको अभिन्न अङ्ग बनाउँदै अध्ययन गराइरहेको विद्यालयका प्रिन्सिपल राजन कार्कीले बताए ।