कर्णालीको बजेटमा स्वास्थ्य प्राथमिकतामा परेन

जैतुन अनलाइन | २०८२ असार ३ गते मङ्गलवार

असार ०३,

सुर्खेतः कर्णाली सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेटमा स्वास्थ्य प्राथमिकतामा परेका छैन । चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्यलाई अन्य प्रदेशले भन्दा प्राथमिकतामा राखेको कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्यलाई खासै प्राथमिकता नदिएको हो । आगामी आवका लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । राति १२ बज्नै लाग्दा सुरु भएको बजेटमा स्वास्थ्य प्राथमिकतामा परेको छैन ।

सरकारले सुर्खेत प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान १० करोड ५० लाख दिएको छ । स्वास्थ्य स्यंसेविकाको प्रोत्साहन भत्ता वृद्धि गरी १२ हजार पुर्‍याइएको छ । मुटु, मिर्गौला, क्यान्सर जस्ता १४ वटा कडा प्रकारका नर्सने रोगका बिरामीलाई सहुलियत दिन एक करोड छुट्याइएको छ।

सुत्केरी महिलाको पोषण भत्ताका लागि कर्णाली प्रदेश सरकारले बजेट छुट्याएको छ। जसमा ‘क’ वर्गका सुत्केरीका लागि ५ हजार र ख वर्गका सुत्केरीका लागि २ हजार बजेट पोषण कार्यक्रमका लागि छुट्याएको छ।

यस्तो छ स्वास्थ्यमा बजेटः