जेठ २५,
उपल्लो डोल्पा : भौगोलिक हिसावले ठुलो रहेको डोल्पालाई प्राकृतिक हिसावले दुई क्षेत्रमा बिभाजित बनाएको छ । तल्लो र माथिल्लो डोल्पाका रुपमा चिनिन्छ जहाँ माथिल्लो क्षेत्रमा तिन वटा स्थानीय तह छन भने तल्लो क्षेत्रमा ५ वटा स्थानीय तह गरी ८ वटा स्थानीय तह रहेको डोल्पा जिल्ला बिकासका हिसावले धेरै पछि परेको तथ्याङ्क छ नै । यसरी संघियता पछि स्थानीय तहको अधिकार पाएका माथिल्लो डोल्पाका स्थानीय तहमा भने बिकासले गति लिदै गरेको भएपनि भने अनुसार जनताको हित अनुरुप काम भने हुन सहज छैन ।
सरकारले भाथिल्लो डोल्पामा गर्ने विकासको मोडालिटीमा हेरफेर गरिनुपर्ने भन्दै शे-फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेमावाङ्छेन गुरुङ्गको बुझाई रहेको छ । उपाध्यक्ष गुरुङ्ग लेख्छन शे-फोक्सुण्डो गाउँपालिका लगाएत माथिल्लो भेगका स्थानिय तह हरुमा अब केही कतै बाटो र सडक बाहेक भौतिक संरचनावाई न्युन गरि त्यसको बिकल्पमा कृषि तथा पशुपालन र लगुउद्याममा बढी ध्यायन दिनपर्छ ।
बिशेष गरि युवा उद्यामशिल तथा स्थानिय स्वरोजगारको तर्फ बढी ध्यान जन जरुरी छ। उपाध्यक्ष गुरुङ्ग भन्छन आफ्नो पालिकामा पशुपालन र लगुउद्यममा जोड दिन र दिर्घकालिन जनमुखि बिकासका लागि कार्ययोजना बनाउन मेरो निर्देशन तथा सल्लाह हुनेछ भने छिमेकी पालिकाहरुले पनि यस्तै खाले आवश्यक्ताको महशुस गर्नु भएको होला र अवकाे आवश्यकता पनि यहि हो ।
यदि भौतिक सरचनाहरु निर्माण गर्नुपर्ने भए पनि ७० प्रतिशत स्थानिय श्रोत साधान र ३०प्रतिशत बाह्यय श्रोत साधान प्रयोग गरेर निर्माण गरुम जो कि शुलभ र भौगोलिक रुपमा सुहाउदो हुन्छ । कुनै अतिरिक्त प्रयोजन बाहेक अन्य क्षेत्रमा स्थानिय श्रोत साधानलाई नै प्रोत्सान गर्न जरुरी छ। किनकी वातावरण मैत्री र लागतको भार कम समेत हुने गुरुङ्गको दावी रहेको छ ।
पछिल्लो समय स्थानिय तहहरुमा खेतवारी तथा बस्ति घेराबारको योजनामा स्थानिय ढुङगा तथा माटोको पर्खाल लगाउँनुको सट्टा ग्याबिन तारको जाली र स्टीलको खम्वा अर्थात एङगलहरु प्रयोग गरेको पाईन्छ जुन शतप्रतिशत दिगो बिकास हुन सक्दैन । यसरी फलाम र स्टीलको प्रयोग भन्दा स्थानिय साधन र स्रोतको प्रयोग गरेर घेरावारको काम गरेमा दिगो विकासमा सघाउ पुग्ने र नागरिकले अपन्त्वको अनुभुति समेत गर्ने उपाध्यक्ष गुरुङ्गको बुझाई रहेको छ।
गुरुङ्ग भन्छन फलामा र स्टीलको बिकल्प १६-१८ ईन्च सम्मको ढुङ्गा र माटोको पर्खाल लगाएमा हरेक बर्षा स्थानिय जनसामुदयले नै मर्मत गर्न सक्छन भने जनताहरु पनि आफ्नो बिकास प्रति जिम्मेवारी हु्नछ।त्यो जालीहरु न मर्मत गर्न सकिन्छ न त त्यो स्टीलको खम्बाहरु हरेक बर्षा खरिद गर्न सक्दछ । खरिद गरि हाले पनि आर्थिक हिसाबले निकै खर्चिलो रहेकोले स्थानीय सामाग्रीकै प्रयोगबाट बिकास गर्दा दिर्घकालिन र जनमुखि हुन्छ ।
त्यस्तै खानेपानीको योजना छ्याप छ्याप्ती देखिन्छन तर त्यही आर्थिक बिर्षाको समयमा ४/५ महिना पानी झ्रर्छ र त्यसमा धाराको पनि संरचना बन्छ तर १ बर्षा नबित्तै धाराबाट पानी चुहिँन बन्द हुन्छ।गाउँ घार तिर जाउ र हेरौँ त? कहिँ कतै नयाँ धाराहरुमा बाहेक ८०% धाराबाट पानी चुईन्न, भरु त्यस्को सट्टा पाईपबाट धाराको छेउबाट पानी प्रयोग गरेको पाईन्छ। त्यस्तो सरचना दिगो छैन भने बारामबार किन त्यहीलाऊ जोड दिने? त्यसको बिकल्प अरु कुनै डिजाईन, संरचना र खोज गर्न सकिन्न र? उनि प्रश्न गर्छन ।
उपाध्यक्ष गुरुङ्ग भन्छन त्यस्तै धेरै छन तर निरन्तर लेख्ने छुँ।
अबको बाटो भनेको रोजगार, उद्यामशिल, जलवायु अनुकुलित, ब्यवासायी मुलक र दिगो बिकास तर्फ हो।
शिक्षा र स्वास्थ्यलाई पुर्वाधार बिकासको पहिलो बुँदामा राख्नेमा मात्रै सिमित नभई बास्ताबमै लगानी हुनु पर्द छ भने स्वास्थ्यालाई पनि अलि बढी ध्यान राखि काठमाडौँ लगायत शहर बाजारमा बिरामी लिन निरुत्साहित गर्न पर्दछ।