
जेठ १८,
डोल्पा : डोल्पामा उत्पादन हुने फोहोर व्वस्थापनको लागि सरोकारवालासँग परामर्श थालिएको छ । शे–फोक्सुण्डो पर्यटन समन्वय समितिले डोल्पामा उत्पादन हुने फोहोर व्वस्थापनका लागि सवै सरोकारवालासँग परामर्श गरि रहेको हो । हरेक दिन उत्पादन हुने फोहोर मध्य करिव ५० प्रतिशत फोहोर कुहिएर जाने फोहोर रहेको र वातावरणलाई प्रभाव पार्ने सिसाजन्य र प्लास्टिक जन्य करिव २ देखी ६ प्रतिशत सम्म रहेको तथ्याङ्क सार्वजानिक गरिएको थियो ।
आईतवार दुनैमा भएको सरोकारवालाहरुसँगको छलफलमा आयातित दैनिक उपभोग्य सामाग्रीहरुको अन्तिम केन्द्र डोल्पा रहेको र उक्त सामाग्री तथा खाद्यान्नवाट उत्पादन हुने नकुहिने फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा परामर्श भएको थियाे । बिशेष गरी डोल्पामा आन्तरिक तथा बाह्यय पर्यटकले उत्पादन गर्ने फोहोर व्यवस्थापन कसरी गर्ने र नयाँ र सरल हिसाबले संकलन गरी पुण प्रयोग गर्ने भन्ने बारेमा छलफल भएको शे–फोक्सुण्डो पर्यटन समन्वय समितिले डोल्पाका कार्यवहाक अध्यक्ष चाँद हमालले जानकारी दिए ।
सरोकारवालाहरुसँगको परामर्श बैठकमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रमा निकुञ्जले अपनत्व लिएर काम गर्नु पर्ने अन्य क्षेत्रमा हरेक स्थानीय तहले जिम्मेवारी बहन गर्नुपर्ने सुझाव दिएका थिए । स्थानीय तह नै सरसफाईमा नलागेको कारण पछि फोहोरले बिकराल अवस्था श्रर्जना गर्नेमा धेरैको चिन्ता रहेको छ । WWF को आर्थिक सहयोगमा पछिल्लो समय पर्यटन र फोहोर व्यवस्थापनमा शे–फोक्सुण्डो पर्यटन समन्वय समितिले डोल्पाले नियमित रुपमा परामर्श गरि रहेको छ ।