यार्सा संकलकबीच झडप,सशस्त्र प्रहरीद्वारा हवाई फायर

जैतुन अनलाइन | २०८२ जेष्ठ ११ गते शनिवार

जेठ १०,

डोल्पा : डोल्पाको ठाँगे लेकमा यार्सा संकलन गर्न गएका दुई गाउँका स्थानीयबीच झडप भएको छ । शनिबार दिउँसो सिमाना विवाद उत्पन्न भएपछि काइके गाउँपालिका-२ र ठुलिभेरी नगरपालिका-१ थालाका स्थानीयबीच झडप भएको हो । दुई गाउँका स्थानीयले भीरबाट ढुंगा खसालाखसाल गरेर झगडा गरेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

झडप नियन्त्रणमा लिन सशस्त्र प्रहरीले दुई राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी निरीक्षक मनिष थापाले जानकारी दिए । उनका अनुसार कसले कहाँसम्म यार्सा संकलन गर्न पाउने भन्ने विषयमा दुई गाउँले बीच विवाद भएको हो ।

यो दुई ठाउँका स्थानीय बीच विगत लामो समय देखि सीमा विवाद चलिरहेको छ। ठांगे यार्सा पाटनलाई दुवै ठाउँका सामुदायहरुले एक अर्काको दाबी गर्दै आइरहेका छन्। अरु बेला खासै सीमा विवाद नआएपनि यार्सा सङ्कलनको समयमा भने विवाद हुँदै आइरहेको छ।