लेक लागेका बिरामी फाेक्सुण्डाे स्वस्थ्य चाैकीमा उपचाररत

जैतुन अनलाइन | २०८२ जेष्ठ ९ गते बिहिवार

जेठ ०८,
डाेल्पा : डोल्पाका यार्सा पाटन खुले संगै लेक लाग्ने बिरामीको संख्या बढ्दै गएको छ । आज एकै दिन फोक्सुण्डो स्वास्थ्य चौकीमा ३ जनाको उपचार र केहीलाई रिफर गरिएको छ।

बिहिवार फोक्सुण्डो स्वास्थ्य चौकीमा १ जना जाजरकोट जिल्ला बारेकोट गाउँपालिका तोलखाना निवासी ५४ बर्षका नर बहादुर सिहँको उपचार भएको अहिले उनको अबस्था सामान्य नरहेपनी सुधारउन्मुख रहेकाले थप उपचारका लागि जिल्ला अस्पताल रिफर गरिएको छ भने त्रिपुरासुन्दरी ९ कि  शत्यवती बोहरालाई पनि सामान्य उपचार गरि घर पठाइएको बाकी १ जना लेक लागेकी जाजरकोट जिल्ला नलगाढ १३ कि हितकुमारी बिक को हाल स्वास्थ्य चौकीमा उपचार भैरहेको फाेक्सुण्डाे स्वास्थ्य चौकी प्रमुख पारस शाहीले जानकारी दिएका छन  । उपचाररत  हित कुमारी बि.कलाई  जिल्ला अस्पताल जान अनुरोध (रिफर) गरिएको तर हिड्न नसक्ने भरियालाई दिने पैसाको अभावमा जान नसकेको  चौकी प्रमुख शाहीले बताए । उनकाे अवस्था जटिल रहेकाेले सहयाेग गर्न अनुरोध गरेका छन ।

उनले भने” कतै उच्च स्थानमा घुम्न जादा आफ्ना लागि किनेर ल्याइएको लेक लाग्न बाट रोक्ने औंषधी र अक्सिजन क्यानले बिरामीको ज्यान बचाउनु पर्ने बाध्यता रहेको छ ।

हाल फोक्सुण्डो स्वास्थ्य चौकीमा स्टक   Acetazolamide ,
Dexona Tablet सम्म नभएको अक्सिजनका लागि डाक्टर दिलबहादुर तामाङ द्वारा संचालित कान्छीमाया तामाङ फाउन्डेसनले उपलब्ध गराएको Concentrator को  भर पर्नुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य चौकीलाई थप १ थान Concentrator भने जिल्ला अस्पतालका डाक्टर अखण्ड उपाध्यायले छिटै उपलब्ध गराउने र आवश्यक पहल गरिदिने जानकारी भएकाे  स्वास्थ्य चौकी प्रमुख शाहीले बताए ।