
जेठ ०३,
जुफाल : ठुलीभेरी नगरपालिकाका सवै विधालयमा ई-पुस्तकालयको व्यवस्था गरिएको छ ।फराकिलो हुदै गरेको प्रबिधिको विकासको सदुपयोग गर्दै ठुलीभेरी नगरपालिका भित्रका सवै बिद्यालयहरुमा ई-पुस्तकालयको थालनी गरिएको हो । विधालयमा सुचना प्रविधिको पहुँच अभिबृद्धि गरी बालबालिकाके सिकाइ सुधार गर्ने अभिप्रायले ठुलीभेरी नगरपालिकाले स्वलगानी र विभिन्न दातृ निकायको सहयोगमा नगरपालिका भित्रका सबै विधालयहरुमा इ-पुस्तकालयको पहुँच विस्तार गरेको छ ।
गएको आर्थिक बर्षमा विशेष अनुदान मार्फत बिद्यालयमा न्यूनतम रुपमा कम्प्यूटर, प्रिन्टर, ल्यापटपको सुविधा समेत नभएका विधालयहरुलाई उक्त सामग्रीहरु वितरण गरेको थियो । उक्त आर्थिक बर्षमा नै इ-पुस्तकालयको पहुँच नभएका १४ वटा विधालयहरुमा न्यूनतम इ-पुस्तकालयको सर्भर, राउटर र कम्प्यूटर तथा ल्याप्टप उपलब्ध गराइ सकिएको हो । अन्य विधालयमा भने विगतका वर्षहरुमा नै ठुलैभेरी नगरपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, समाज जागरण केन्द्र नेपाल,साझा इ-पाटी नेपाल र बेल्जियम नेपालको सहयोगमा इ-पुस्तकालय जडान भएर प्रयोगमा आइ सकेको थियो ।

ठुलीभेरी नगरपालिकाका बिद्यालयहरुमा अफलाइन माध्यमबाट चलाउन सकिने इ-पुस्तकालयको प्रयोग र व्यवस्थापनका लागि नगरपालिकाले साझा इ-पाटी नेपाल र डोपो हिमालयन एजुकेशन रिसर्ज सेन्टरको समन्वयमा शुक्रवार इ-पुस्तकालयको जडान तथा प्रयोग समबन्धि तालिम प्रदान गरि सकेको छ । हाल सम्म इ-पुस्तकालय जडान हुन बाँकी रहेका १४ वटा विधालयहरुका सुचना प्रविधि शिक्षकहरुलाई उक्त तालिम प्रदान गरिएको प्रशिक्षक भरत बोहोराले जानकारी दिए ।
डोल्पा जस्तो भौगोलिक रुपमा कठिन र दुर्गम क्षेत्रमा जहाँ इन्टरनेटको पहुँच नभएको साथै छापायुक्त पठन सामग्रीहरुको समेत अभाव हुने विधालयहरुमा बालबालिकालाई अफलाइन माध्यमबाट पनि चलाउन सकिने इ-पुस्तकालयको स्थापना गरिएको हो । यसरी ई-पुस्तकालयको स्थापनाले बालबालिकाले हजारौ पुस्तक र सन्दर्भ सामग्रीहरु, अडियो भिडियो तथा रमाइला र सिकाइ संग सम्बन्धित शैक्षिक सामग्रीहरु प्रयोग गर्न पाउने हुदा बालबालिकामा पढ्ने रुचि पनि बढ्ने देखिन्छ ।

शिक्षकहरुका लागि पनि सिकाइ सहजिकरणका सामग्री प्रशस्त मात्रामा उपलब्ध हुने भएकाले यसको उच्चतम प्रयोग गरी बालबालिकाको सिकाइ सुधार गर्न ध्यान दिनुपनर्ने कुरा नगर प्रमुख श्वर्ण कुमार बुढाले सवैको ध्यानकर्षण समेत गराए । नगर प्रमुख बुढाले भने शिक्षामा सुधार जरुरी छ स्थानीय सरकारले शिक्षामा लगानी कमि हुन दिदैन तर वालवालिकाले गुणस्तरिय शिक्षा भने पाउनुपर्छ । इ-पुस्तकालयको पहुँच अभिबृद्धि गर्न र यस संग सम्बन्धित प्राविधिक सहायता र सहयोगका लागि साझा इ-पाटी नेपाल सधै तयार रहेको धारणा साझा इ-पाटी नेपालका टिकाराज कार्कीले प्रतिबद्धता समेत जनाए । शिक्षामा धेरै हिसाबले सुधार गरिदै आएको र अव सामुदायिक बिद्यालयका वालवालिकाले पनि सवै क्षेत्रमा प्रतिस्प्रधा गर्न सक्ने गरी शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको ठुलीभेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत डिलप्रसाद रोकायाले बताए ।